गाविसको दैनिक कामकाज कार्यालय वाहिर खुल्ला चौरबाट

<span class='c1'>गाविसको दैनिक कामकाज कार्यालय</span> <span class='c2'>वाहिर खुल्ला चौरबाट</span>

८ जेठ, दमक।
झापाको जुरोपानी गाविसको दैनिक कामकाज कार्यालय वाहिर खुल्ला चउरबाट गर्न थालिएको छ । हालै भुकम्पले कार्यालय भवनमा क्षति पुर्‍याएपछि गाविसको काम चउरबाट शुरु गरिएको हो ।
२०३६ सालमा बनेको भवनको पर्खाल भत्किएपछि कार्यालयको काम खुला चउरबाट सञ्चालन गरिएको जनाइएको छ । गाविसभित्र बसेर कार्य सम्पादन गर्ने अवस्था नभएपछि गाविसले आफ्नो सेवालाई अस्थायी रुपमा भवन बाहिरबाट गर्न थालेको जनाएको छ । २०६८ देखि निर्माणाधीन गाविसको नयाँ भवन अलपत्र अवस्थामा रहेको र पुरानो भवनसमेत भत्किएकाले दैनिक कामकाज प्रभावित भएको जुरोपानी गाविसका प्राविधिक सहायक रामप्रसाद दाहालले बताए । भवन भत्किँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्