छोरा नजन्माएको निहुमा घर निकाला

छोरा नजन्माएको निहुमा घर निकाला

बिराटनगर जेठ १०/ मोरङ बेलबारीकि एक महिला छोरो नजन्माएको निहुँमा घरबाट निकालिएकी छिन् । बेलबारी घर भएकी २३ वर्षीया ललिता रायले छोरा नजन्माएको निहुमा घर निकाला हुनुपरेको हो ।

ललितालाई सासू, ससुरालगायत परिवारका अरु सदस्यको मिलेमतोमा छोरी जन्माएको भन्दै घरबाट निकाला गरेको पीडितको भनाइ छ । घरपरिवारले निकाले पछि उनी धनुषाको मझेलीया–१४ माइतीघरमा बस्दै आएकी छिन् ।

विसं २०६८ मा बेलबारी–३ का ललन रायसँग उनको विवाह भएको थियो । उनका श्रीमान् ललन वैदेशिक रोजगारका लागि मलेसिया गएको पीडितको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्