गौरादहमा नक्कली नोट भेटियो

गौरादहमा नक्कली नोट भेटियो

११ जेठ, दमक।
झापाको गौरादहको एक सहकारी संस्थामा नगद जम्मा गर्न आएका ग्राहकले ल्याएको हजारको एउटा नोट नक्कली भेटिएको छ ।
आइतबार अपरान्ह गौरादहको शुभलक्ष्मी सहकारी संस्थाको आफ्नो खातामा जम्मा गर्न आएका शुभलक्ष्मीका एक शेयर सदस्यले ल्याएका पाँच वटामध्ये २५८२६३ नम्बरको हजारको एउटा नोट भने नक्कली भएको फेला परेको हो । सहकारीका ब्यबस्थापक राम पौडेलले अन्य नोटभन्दा केही फरक देखिएको सो नक्कली नोट भएको दावी गरे।
गभर्नर युवराज खतिवडाको हस्ताक्षर भएको सो नोट अरु सामान्य भन्दा हल्का रातो र कमसल कागजको रहेको छ ।
सो नोट अलग्गै फाइलिङ्ग गरि राखिएको र त्यसबारे राष्ट्र बैंकसँग परामर्श गरिने ब्यवस्थापक पौडेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्