९ वर्षीया बालिकामाथि बलत्कारको प्रयास गरेको आरोपमा युवक पक्राउ

९ वर्षीया बालिकामाथि बलत्कारको प्रयास गरेको आरोपमा युवक पक्राउ

इनरुवा, जेठ ११ : ९ वर्षीया बालिकामाथि बलत्कारको प्रयास गरेको आरोपमा २५ वर्षीय एक युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । कोठामा एक्लै सुतिरहेको मौका छोपी बालिकामाथि बलत्कारको प्रयास गर्ने सुनसरीको अमाहीबेला–७ बस्ने रामबहादुर राईलाई इलाका प्रहरी कार्यालय दुहबीले पक्राउ गरी सार्वजनिक गरेको हो । विराटनगर घर भएकी बालिका सोनापुरमा बस्दै आएकी थिइन् । सोही ठाउँमा काम गर्दै आएका राइले निकै अघिदेखि ती बालिकामाथि गिद्देदृष्टि लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ । आपराधिक घटना न्यूनीकरणका लागि प्रहरीले स्थानीयसँगको सहकार्यलाई अघि बढाएसँगै पछिल्लो समय दुहबी क्षेत्रबाट आपराधिक मनोवृत्ति भएका व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्