नेपालको अभ्यास धर्मशाला मैदानमा

नेपालको अभ्यास धर्मशाला मैदानमा

 

काठमाडौ, जेष्ठ ११ - नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको
हिमाञ्चल प्रदेशको धर्मशालामा अभ्यास गर्ने भएको छ । विश्व
ट्वान्टी–२० क्रिकेटका लागि नेपाली टिम भारत भ्रमणमा जाँदैछ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले नेपाली टिमको सम्पूर्ण सत्कार गर्नेछ ।

नेपाल क्रिकेट संघकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले नेपाली टिमले धर्मशालामा २ हप्ता अभ्यास गर्ने बताइन् । ‘सुरुआती हिसाबमा २ अभ्यास म्याच खेल्ने भएका छौं । अरू निर्णय हुन बाँकी छ,’ उनले भनिन् ।

बीसीसीआईको आतिथ्यतामा नेपाली टिमले ५ जूनदेखि २० सम्म धर्मशालामा बिताउनेछ । नेपाली टिमले जुलाई ६ देखि २७ सम्म आयरल्यान्डमा हुने विश्व ट्वान्टी–२० मा सहभागिता जनाउँदैछ ।

त्यसअघि नेपालले नेदरल्यान्ड्ससँग केही ट्वान्टी–२० खेल खेल्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्