गणतन्त्र दिवसको अवसरमा इलामका २१ जना कैदीबन्दीलाई बाँकी कैद माफी

गणतन्त्र दिवसको अवसरमा इलामका २१ जना कैदीबन्दीलाई बाँकी कैद माफी

इलाम, १५ जेठ : नेपाल सरकारले गणतन्त्र दिवसको अवसरमा इलामका २१ जना कैदीबन्दीलाई बाँकी कैद माफी दिएको जिल्ला कारागारले जनाएको छ । जसमध्ये कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय सुनाइएका झापा अनारमनी–३ का अर्जुनकुमार भट्टराईले सबैभन्दा बढी नौं वर्ष चार महिना १४ दिन कैद माफी पाएका छन् भने बहुविवाह मुद्दामा कैद भुक्तान गरिरहेका इलाम दानाबारी–४ का छविलाल खड्काले सात दिन बाँकी कैद माफी पाएका छन् । जिल्ला कारागारले यो पटक २५ जना कैदीबन्दीको बाँकी कैद मिनाहाका लागि केन्द्रमा सिफारिस पठाएको थियो । गत दशैंमा पनि जिल्ला कारागारबाट ११ जना कैदीबन्दीले बाँकी कैद मिनाहा पाएका थिए । यो पटक कैद मिनाहाका लागि सिफारिस पठाइएका मध्ये ८४ प्रतिशतले मिनाहा पाएको प्रमुख दुर्गा दुलालले जानकारी दिनुभयो । यो पटक कर्तव्य ज्यानमा दुईजना, ज्यान मार्ने उद्योगका दुईजना, सवारी ज्यानका तीनजना, चोरीका एक, बहुविवाहका १२ जना र आगजनीका एकजनाको बाँकी कैद मिनाहा भएको जनाइएको छ । उनीहरुलाई कारागार प्रमुख दुलालले विदाइ गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्