खाजा खर्च राहतमा

खाजा खर्च राहतमा

बिर्तामोड । भूकम्प पीडितलाई राहतका लागि विद्यार्थीले खाजा खर्च कटाई १७ सय ९५ रुपैयाँ सहयोग गरेका छन् ।
झापाको दक्षिणी गाविस महाभारामा रहेको जनकल्याण निमावि र पाँचगाछीमा रहेको त्रिभुवन उच्च माविका विद्यार्थीले पीडितलाई सहयोगका लागि एक दिनको खाजा खर्च सहयोगवापत बुझाएका छन् ।
जनकल्याणका विद्यार्थीले ५१० र त्रिभुवनका विद्यार्थीले १२ सय ८५ बुझाएका हुन् । संकलित रकम पूर्वविद्यार्थी प्रदीप परियारले संयोजन गरेर जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक एवम् प्रजिअ तेजप्रसाद पौडेललाई शुक्रबार बुझाएका छन् ।
प्रजिअ पौडेलले झापामा पहिलोपटक विद्यार्थीबाट यसरी राहत जुटेको प्रतिक्रिया दिएका छन् । उनले जिल्लाका विद्यार्थीहरुले स्वेच्छाले सहयोग गरे पीडितलाई राहत पुग्ने बताए । झापामा ३०० भन्दा बढी सामुदायिक विद्यालय छन् । सहयोग रकम हस्तान्तरण गर्दै परियारले जिल्लाका सामुदायिक विद्यालयबाट १–१ हजार मात्र संकलन गर्न सके प्रभावित जिल्लाको एउटा विद्यालय नै बनाउन सक्ने बताए ।
यसैगरी टाघनडुब्बास्थित डिल्लीराम उमाविका विद्यार्थीले भूकम्प पीडितका लागि ४ हजार रुपैयाँ सहयोग गरेका छन् । कक्षा १० सम्मका विद्यार्थीले सो रकम कान्तिपुर राष्ट्रिय विपत्ति सहयोग कोषमा जम्मा गरेको विद्यालयका शिक्षक यज्ञ खरेलले बताए ।(Mechi Times)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्