झापाको देवनिया खोला किनारमा अजिङगर

झापाको देवनिया खोला किनारमा अजिङगर

झापा,
झापाको पृथ्वीनगर ४ देवनिया खोलामा आईतबार अजिङ्गर फेला परेको छ। लोपोन्मुख प्रजातीमा पर्ने अजिङगरलाई प्रहरी र गाउँलेहरुले मिलेर उद्दार गरी वन कार्यालयमा बुझाएका छन्।
ajinger
खोला किनारमा ठूलो सर्प देखेपछि गाँउलेले वडा प्रहरी कार्यालय भद्रपुरमा खबर गरेका थिए। ११ फिट लामो सो अजिङगरलाई प्रहरी, स्थानीयवासी र वन कार्यालयका कर्मचारीको सहयोगमा समातेर सकुशल चन्द्रगढी स्थित जिल्ला वन कार्यालयमा बुझाएको हो।
यस अघि गत कार्तिक ३० गतेपनि प्रहरीले सोही खोलाको किनारबाट करिब १७ फिट लामो अजिङगर समातेर जिल्ला वन कार्यालयमा बुझाएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्