उर्लाबारीमा सवारी दुर्घटना एकको मृत्यु, दुई घाईते

उर्लाबारीमा सवारी दुर्घटना एकको मृत्यु, दुई घाईते

तेजन खड्का
उर्लाबारी जेठ १९ गते ।
पुर्वपश्चिम राजमार्ग अन्र्तगत मोरङको उर्लाबारी चौकमा आज बिहान मोटसाइकल र बस जुद्धा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । मोटरसाईकलमै सवार दुई जना घाईते भएका छन् ।
बिहान ७ बजेर ४० मिनेटमा दक्षिणबाट उत्तर तर्फ गइरहेको मे २ प ३५९ को मोटरसाईकललाई पश्चिम दिशाबाट आईरहेको ना ५ ख ४७८३ नम्बरको बसले ठक्कर दिदाँ घाईते भएका उर्लाबारी—३ सुर्यचौकका १९ बर्षीय सबिन पौडेलको उपचारका लागि बिराटनगरस्थित न्युरो हस्पिटल लैजादै गर्दा बाटैमै मृत्यु भएको हो ।
घाईते मध्ये मोटरसाइकल चालक इलाम साक्फारा—५ का २६ बर्षीय चित्र राईको न्युरो हस्पिटल र उर्लाबारी—३ की २८ बर्षीय उमा निरौलाको उर्लाबारीस्थित अरनिको हस्पिटल प्रालिमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो । बस र बसका चालक बिराटनगर—२ निवासी ४८ बर्षीय सोमनाथ नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्