चट्याङले लागेर सुनसरी र सप्तरीमा तीन जनाको मृत्यु

चट्याङले लागेर सुनसरी र सप्तरीमा तीन जनाको मृत्यु

 प्रबिन दाहाल

बिराटनगर जेठ १९/पानीसँगै परेको चट्याङले लागेर सुनसरी र सप्तरीमा तीन जना महिलाको मृत्यु भएको छ ।
हिजो साँझ परेको चट्याङले लागेर सुनसरी तनमुना ५ बस्ने ५५ वर्षकी सावित्रीदेवी साह, नर्सिङ ३ बस्ने ४५ वर्षकी लक्ष्मी मण्डल र सप्तरी कंचनपुर नगरपालिका ४ बस्ने ५० वर्षकी मञ्जुदेवी साहको मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
साँझ करिब ६ बजे घर छेउको खेतबारीमा काम गरिरहेका अवस्थामा चट्याङले लागेर लक्ष्मी मण्डल गम्भिर घाइते भएकी थिइन । उनको उपचारका क्रममा ईनरुवा अस्पतालमा मृत्यु भएको हो भने अन्य दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्