कुवेतमा गाडीको ठक्करले मोरङका छविलालको मृत्यु

कुवेतमा गाडीको ठक्करले मोरङका छविलालको मृत्यु

 

उर्लाबारी । कुबेतमा गल्फ कन्सल्ट कम्पनिमा कार्यरत मोरङको उर्लाबारी–९ का ४० बर्षीय छविलाल पौडेलको सोमबार सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।बिहान करिब १० बजे कम्पनीको काम गर्ने क्रममा निस्केका उनको गाडीको ठक्करबाट घटना स्थलमै मृत्यु भएको जनाइएको छ ।
बिगत १६ बर्ष देखि कुवेतमा कार्यरत उनी १३ बर्ष सम्म अल मुसारी कम्पनीमा काम गरी ३ बर्ष पहिले देखि गल्फ कन्सल्ट कम्पनीमा कार्यरत रहेको पारिवारिक स्रोतले जनाएको छ । मृतकको शबलाई पोष्ट मार्टमको लागी अस्पतालमा राखिएको नेपाल कुवेत सांस्कृतिक मंचका अध्यक्ष माधब शर्माले जानकारी दिनुभएको छ । पौडेल जन सम्पर्क कुवेतका क्रियाशील सदस्य रहेका थिए ।काम गर्ने शिलशिलामा अचानक उनको मृत्यु भएकोले आवश्यक कानुनी प्रक्रिया अगाड़ी बढाई शबलाई यथाशीघ्र नेपाल पठाउन सम्बन्धित निकायलाई शर्माले अनुरोध आग्रह गरेका छन् ।

Urlabaripage

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्