दुर्गापुरी आम्बारी सडक फराकिलो हुँदै

दुर्गापुरी आम्बारी सडक फराकिलो हुँदै

राजघाट जेठ १९ गते ।
मोरङको राजघाटमा विकासको लहर चलेको छ ।
मंगलवारबाट राजघाटको दुर्गापुरी देखी आम्बारीसम्मको भित्री सडकको स्तरोउन्नतीको लागि बाटोको चौडाई बढाउन सुरु गरिएको छ । उक्त वाटोको चौडाई बढाएर ४० फुटेबाटो बनाइने भएको हो । जसको लागि स्थानीय उपभोक्ताले प्रतिफुटको २५ रुपैयाका दरले एक्जाभेटर लगाई बाटोको आफै स्तरोउन्नती गर्ने भएका हुन् । अढाई किलोमिटरको उक्त बाटोको लागि चन्द्र थेवेको अध्यक्षतामा दुर्गापुरी आम्बारी सडक स्तरोउन्नती समिति गठन भएको थियो । समितिको उपाध्यक्षमा चम्पा तामाङ,सचिवमा मात्रिका पौडेल र कोषाध्यक्षमा भोटमाया धिमाल रहेका छन् । यस्तै सदस्यहरुमा हरिमाया सापकोटा,राजकुमार योञ्जन,चन्द्रकुमार पालुङ्वा,धनबहादुर इजम लगायत छन् । स्थानीयले आफ्नै लगानीमा बाटोको चौडाहा बढाएर फराकिलो बनाउने कार्य सुरु भएको समिति सदस्य राजकुमार योन्जले जानकारी दिए । पछिल्लो समय राजघाटमा स्थानीयवाशीले आप्mनै जनश्रमदानमा बाटो निर्माण तथा स्तरोउन्नती गरेको दुर्गापुरीका लक्ष्मण थापाले बताएका छन् । उनका अनुसार एक टोलले गरेको विकास निर्माणको काम अर्को गाउँटोलले अनुसरण गरेको कारण नै राजघाटमा विकासको लहर चलेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्