जिल्ला प्रशासन कार्यालय सुनसरीको चरम लापरबाही,एउटै नम्बरबाट दुई नागरिकता

जिल्ला प्रशासन कार्यालय सुनसरीको चरम लापरबाही,एउटै नम्बरबाट दुई नागरिकता

इनरुवा, १९ जेठ : जिल्ला प्रशासन कार्यालय सुनसरीको चरम लापरबाहीका कारण एउटै नम्बरबाट दुईजना व्यक्तिले नागरिकता पाएको खुलासा भएको छ । इटहरी–५ की अनुजा सापकोटाको नागरिकतामा अर्कै व्यक्तिको नागरिकता नम्बर अंकित भएको खुलासा भएको हो । २०६१ असार ४ गते प्रशासकीय अधिकृत विश्वराज नेपालले प्रमाणित गरेको अनुजाको नागरिकतामा ८८८१५ अब्लिक ८९८१५ नम्बर लेखिएको थियो । तर नागरिकता हराएर सोही नम्बरको नागरिकताको प्रतिलिपि निकाल्न जिल्ला प्रशासन कार्यालय पुगेपछि आफ्नो नागरिकतामा अर्कै व्यक्तिको नागरिकता नम्बर अंकित भएको थाहा पाएपछि आफू आश्चर्यमा परेको अनुजाले बताउनुभयो । त्यपछि खोजबिन गर्दा जिल्ला प्रशासन कार्यालयको रेकर्डमा अनुजाको वास्तविक नागरिकता नम्बर ८८८२५ अब्लिक ८९८२५ रहेको पाइएको थियो । अहिले जिल्ला प्रशासन कार्यालयले उहाँलाई सोही रेकर्डका आधारमा नागरिकताको प्रतिलिपि प्रदान गरेको छ । गलत नम्बर उल्लेख गरिएको नागरिताबाटै अनुजा एमआरपी पासपोर्ट बनाएर श्रीलंका पुगेर आउनुभएको थियो । चाँडै विद्यावारिधिका लागि नर्वे र स्वीजरल्याण्ड जाने तयारीमा रहेकी अनुजाले अर्काे एमआरपी पासपोर्ट बनाउनुपर्ने अवस्था आएको बताउनुभयो । विभिन्न निकायमा पुरानो पासपोर्ट र नागरिकता पेश गरिसकेकाले जिल्ला प्रशासन कार्यालयको लापरबाहीका कारण आफूले निकै ठूलो सास्ती खेप्नुपरेको उहाँको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्