छोरा स्कुल पुर्याउन जादा आमाको दुर्घटनामा ज्यान गयो

छोरा स्कुल पुर्याउन जादा आमाको दुर्घटनामा ज्यान गयो

छोरालाई स्कुल पुर्याउन हिँडेकी बिर्तामोड नगरपालिका–१ निवासी २६ वर्षीया होमा धितालको स्कुल बसको ठक्करबाट मृत्यु भएको छ । छ वर्षीय छोरा इसानलाई स्थानीय हिमरेश बोर्डिङ स्कुल पुर्याउन साइकलमा पछाडि राखेर हिँडेकी उनलाई एमिटी एजुकेसन फाउन्डेसन बिर्तामोडको मे १ ख २२८ नम्बरको बसले अतिथि सदन सडकखण्डमा ठक्कर दिएको थियो । बसको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको छ भने इसान गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । धिताललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । रासस यसैबीच,पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड नगरपालिका–६ मा ट्रकको ठक्करबाट एक व्यक्तिको आज बिहान मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकको ठक्करबाट बिर्तामोड नगरपालिका– ५ निवासी ४५ वर्षीय रुद्र परियारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई गएराति राजमार्गमा पैदल हिँडिरहेका बेला ट्रकले ठक्कर दिएको प्रहरीले बताएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका परियारको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार याम खड्काले जानकारी दिनुभयो । परियारलाई ठक्कर दिने ट्रक र चालक फरार रहेकाले खोजीकार्य भइरहेको बताइएको छ । -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्