ए सरकार कति खप्ने लोडसेडिङ ? – निशान कट्वाल

ए सरकार कति खप्ने लोडसेडिङ ?  – निशान कट्वाल

 

हुन त हाम्रो मुलुक जलश्रोतमा दोस्रो धनी मुलुक भनिन्छ तर लोड्सेडिङ भने १८ घन्टा सम्म हुने गरेको छ यही देशमा । बिराटनगरमा हामिले केहि दिन यता एकदम धेरै लोड्सेडिङ भोग्नु परिरहेको छ । औधोगिक नगर भनेर चिनिने हाम्रो बिराटनगरको यस्तो हालत छ भने , कसरी चल्छ कल कारखाना ? कसरी आफ्नो ब्यवसाय चलाउनु ? अनि नेपाली युवाको अन्तिम बिकल्प भनेको आफ्नो देशलाई गाली गर्दै अरुको देशमा गएर पसिना बगाउनु हुन्छ ।

सत्ता प्राप्ति लागि मात्र प्रयत्नशिल रहेका दलहरु दिनानुदिन आइपर्ने जनताका अनेकौ समस्याहरु बारे बुजेर पनि अनबिज्ञता जाहेर गरिरहेका छन्  । जनताका अनेकौ समस्याहरु छन् , ती सबै सुल्झाउन समय लाग्छ तर केहि बिसेष जस्तै लोडसेडिंग आजको प्रमुख र असहज समस्या हो।  अर्थतन्त्रलाइ प्रतक्ष्य रुपमा प्रभाव पारिरहेको यो लोडसेडिंगको बिरोधमा उधोग बाणिज्य संघ लगायतका संघ सस्थाले आवाज उठाउने कि नउठाउने ? आम हड्ताल देखि राजनीतिक तिक्तता सुल्झाउन ब्याकुल यी संघ सस्थाहरुले लोडसेडिंगको बिरोधमा -याली निकाल्नु पर्ने आबश्क्यता महसुस गर्ने कि नगर्ने ?

अहिले देशमा ब्याप्त अशिक्षा , बेरोजगारी , आतंक र लुटपाटमा सहजै लोडसेडिंगको असर हेर्न सकिन्छ. बिजुली बिना खस्कदो शिक्षाको स्तर ,ठुला उद्योग कल कारखानामा बिजुलीले उत्पन्न संकट र त्यसबाट श्रमिक मजदुरहरुले भोग्नु परेको अवस्था , साना उधम गरेर जिबिकोपार्जन गर्ने देशमा संचालित साइबर क्याफेहरु, साना तथा ठुला कलकारखानाहरु लोडसेडिंगले गर्दा काम नपाएर पैसाका लागि आतंक फैलाउने , लूटपाट गर्ने विभिन्न शशस्त्र समूहहरुमा लागेका बेरोजगार युवाहरु यस लोडसेडिंगको मारले भएको कुरा हामी प्रस्ट देख्न सक्छौ . जनताले पनि विभिन्न आम हड्ताल -याली राजनीतिक कार्यलाई नै सर्बोपरि नठानी सरकारसंग सोध्नै पर्ने हुन्छ, कि कति खेप्ने लोडसेडिंग ??

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्