टंकीसीनवारी बाँसबारी फुटबल प्रतियोगिता अन्तर्गत एलेभन एरोज क्लब दुहबी विजयी

टंकीसीनवारी बाँसबारी फुटबल प्रतियोगिता अन्तर्गत  एलेभन एरोज क्लब दुहबी विजयी

बिनु तिम्सिना

 

मोरङको टंकीसिनवारीमा जारी प्रथम पूर्वाञ्चलस्तरीय टंकीसीनवारी बाँसबारी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेलमा एलेभन एरोज क्लब दुहबी विजयी हुदै फाइनलमा प्रवेश गरेको छ ।
बाँसबारी युवा केन्द्र टंकीसिनवारीको आयोजनामा टंकीको खेल मैदानमा आज भएको खेलमा पथरी स्पोर्टिङ क्लबलाइ १–० गोल अन्तरले पराजित गर्दै एलेभन एरोज फाइनलमा प्रवेश गरेको हो । खेल सुरु भएको ४२ मिनेटमा एलेभन एरोजका जितेन चौधरीले गरेको पहिलो गोल नै खेलको निर्णायक गोल बन्यो । खेलमा पथरीका सुमन बिकले फल खेलेको भन्दै उनलाइ रेड कार्ड थमाइएको थियो । खेलको म्यान अफ दी म्याच एलेभन एरोजका सृजित कार्की घोषित भए । भोलि हुने दोश्रो सेमिफाइनल खेल राष्ट्रिय जागृति क्लब इटहरी सुनसरी र एपिएफ झापाका क्लबबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्