एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर निधन

एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर निधन

 प्रबिन दाहाल

काठ्मान्डौ

अखिल नेपाल फुटबल संघ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर निधन भएको छ । हिजो मात्र भैंसेपाटीस्थिति नयाँ घरमा सर्नुभएका श्रेष्ठलाई विजुलीको लाइन मिलाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागे लगत्तै अस्पताल ल्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । सार्वजनिक लेखा समितिले एन्फाका अध्यक्ष गणेश थापाको अध्यक्ष पद स्थगन गर्न भनेपछि श्रेष्ठ कार्यवाहक अध्यक्ष हुनुभएको थियो । थ्रीस्टार क्लवका अध्यक्षसमेत रहेका श्रेष्ठ राम्रो फुटबल प्रशासक हुनुहुन्थ्यो । श्रेष्ठका श्रीमती, छोरा र छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्