भारतले बाटो नदिएका कारण आठ दिनदेखि राहत सामग्री अलपत्र

भारतले बाटो नदिएका कारण आठ दिनदेखि राहत सामग्री अलपत्र

 
झापा, जेठ ३१

भूकम्पबाट पीडितका लागि बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुले लिएर आएको राहत सामग्री भारतले बाटो नदिएका कारण बंगलादेश र भारतको सिमानामा आठ दिनदेखि अलपत्र परेको छ । काराेबार दैनिकमा समाचार छ ।
२० गते करिब २० लाख रुपैयाँ बराबरको राहत सामग्री लिएर आए पनि भारतले बाटो नदिँदा उतै फर्काउनु पर्ने अवस्था आएको छ । बंगलादेशको रनपुरमा अध्ययनरत विद्यार्थीले राहत संकलन गरेका थिए । विभिन्न कानुनी झमेला देखाउँदै भारतले रोकेको ती विद्यार्थीहरुले बताएका छन् ।
राहतमा ब्लांकेट, नुन, औषधि, ड्राइफुड लगायत छन् । बाटो खोलिदिन पहल गर्न नेपाल सरकारलाई आग्रह गरेपनि सुनुवाइ नभएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

Urlabaripage

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्