विपद् प्रकोप व्यवथापन समितिको राष्ट्रिय सञ्जाल मोरङमा

विपद् प्रकोप व्यवथापन समितिको राष्ट्रिय सञ्जाल मोरङमा

 

गोपाल काफ्ले पथरी,
विपद् व्यवस्थापनका क्रममा गुणनात्मक विकासमा जोड दिनसके एकै बोलीले कसैको ज्यान बच्न सक्ने वक्ताहरुले बताएका छन्।
शुक्रबार लेटाङभोगटेनी नगरपालिकामा सामुदायिक प्रकोप व्यवथापन समितिको राष्ट्रिय सञ्जाल मोरङ जिल्ला समितिले आयोजना गरेको प्रगती समिक्षा तथा वार्षिक जिल्ला भेलामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन्।

मोरङ जिल्लाका अधिकांश ग्रामिण भेगमा प्रकोप व्यवस्थापनमा सदस्यहरू नहुनाले समस्या हुने गरेको उनीहरुले बताएका छन्। समितिको सदस्यहरुलाई तालिम गराई उनीहरूको काम र कर्तव्यको बारेमा जानकारी दिनसके विपद्‌मा परेकाहरुलाई उद्धार तथा विपद् सम्बन्धी चेतना फैलाउन प्रभावकारी भूमिका खेल्न सक्ने उनीहरुले बताएका छन्।

उक्त कार्यक्रममा बोल्दै फरवार्ड नेपालका परियोजना संयोजक वेदप्रसाद भुर्तेलले सरकारले विपद् व्यवस्थापन सम्बन्धिका कार्यक्रमहरु विपद् आएपछि मात्र गर्ने तथा त्यसको पूर्वसन्ध्यामा कुनै कदम नचाल्ने परिपाटीले प्रकोप व्यवस्थापनमा सरकार कमजोर देखिएको उनले आरोप लगाए।

समुदाय जागरूक नहुँदा प्रशासन निर्दयी हुने उनले बताए। प्रकोप र विपद् सम्बन्धी सर्वसाधारणलाई जानकारी गराउन सके समुदायले सम्भावित क्षतिको न्यूनिकरण गर्न सक्ने उनको भनाइ थियो।
यस्तै कार्यक्रममा बोल्दै सामुदायिक प्रकोप व्यवथापन समिति राष्ट्रिय सञ्जालका केन्द्रीय अध्यक्ष जगननाथ कुर्मीले प्रकोप पछि मात्र विपत आउने बताउँदै सर्वसाधरणहरुलाई त्यसको जानकारी गराउन आवश्यक रहेको बताए। उनले विद्यार्थीलाई प्रकोपको बारेमा सचेत गराएर लैजान सके विपद् न्यूनिकरण गर्न सकिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्