अभ्यास खेलमा नेपालद्वारा हिमाञ्चल प्रदेश पराजित

अभ्यास खेलमा नेपालद्वारा हिमाञ्चल प्रदेश पराजित

 

३१ जेठ, काठमाडौं । टी-२० विश्वकप छनोटको तयारीका क्रममा भारत भ्रमणमा रहेको नेपालले पहिलो अभ्यास खेलमा हिमाञ्चल प्रदेशको टीमलाई ५ विकेटले पराजित गरेको छ ।

आइतबार भएको खेलमा हिमाञ्चल प्रदेशले प्रस्तुत गरेको १४४ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर भेट्टायो ।नेपालका लागि ओपनर सुवास खकुरेलले २९ र सागर पुनले २३ रन बनाए ।

ज्ञानेन्द्र मल्ल १९ रनमा आउट भए भने कप्तान पारस खड्का र विनोद भण्डारी समान ७/७ रनमा पभेलियन फर्किए ।शरद भेसवाकर १७ र प्रदीप ऐरी २३ रनमा अविजित रहे । आकाश शर्माले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हिमाञ्चल प्रदेशले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन बनाएको थियो । उसका लागि राघव धवनले ५४ रन बनाए । अभिमन्यु राना २१, नकुल राज २०, अमित कुमार १९ र अमित ठाकुर १२ रनमा आउट भए ।

नेपालका बसन्त रेग्मीले ३ विकेट लिए भने सोमपाल कामी र जितेन्द्र मुखियाले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्