विद्यालयमा करेन्ट लागेर एक जनाको मृत्यु

विद्यालयमा करेन्ट लागेर एक जनाको मृत्यु

 प्रबिन दाहाल
काठ्मान्डौ

महोत्तरीको धमौरा गाविसस्थित एक विद्यालयमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार घर भई जनता माध्यमिक विद्यालय धमौरामा मिस्त्रीको काम गर्दै आएका २२ वर्षीय विनोद पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मिस्त्री पासवानले आज बिहानै पानी तान्ने पम्पबाट पानी तान्न खोज्दा पम्पमा करेन्ट प्रवाहित भई करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । घाइते पासवानलाई उपचारको अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्