झापा–११ लाई सहिद भीमनारायण आमन्त्रण गोल्डकप उपाधि

झापा–११ लाई सहिद भीमनारायण आमन्त्रण गोल्डकप उपाधि

धनकुटा, ५ असार : धनकुटामा सम्पन्न सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार सम्पन्न फाइनल खेलमा ब्वाइज युनियन क्लब काठमाडांैलाई २–० गोल अन्तरले हराउँदै झापाले–११ गोल्डकपको उपाधि जितेको हो । झापाले खेलको ४७ औं मिनेटमा विशाल राई ‘ए’ मार्फत गोलको खाता खोल्यो । यस्तै ६१ औं मिनेटमा झापाकै कर्ण लिम्बूले अर्को गोल गर्दै अग्रता दोब्बर पारे । सेमिफाइनलमा गतवर्षको उपाधि विजेता भुटानको फ्यान्स क्लबलाई हराएर फाइनलमा पुगेको ब्वाइज युनियनले उपविजेतामा चित्त बुझाउनुप¥यो । उपाधि विजेता झापाले नगद १ लाख १५ हजार तथा गोल्डकपको ट्रफी हात पा¥यो । उपविजेता ब्वाइज युनियनले ५५ हजार नगद र ट्रफी पायो । फाइलन खेलको म्यान अफ द म्याच ब्वाइज युनियनका एस कोइराला घोषित भए । उदयमान खेलाडी धनकुटा निलोका अनिश श्रेष्ठ, सर्वाधिक गोलकर्ता झापाका कर्ण लिम्बू र बुद्ध चेम्जोङ भए । यस्तै झापाका बुद्ध चेम्जोङ म्यान अफ द सिरिजसमेत भए । विजेता र उपविजेता टिमलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्