सिरहाको गोलबजारमा आगलागी हुँदा झण्डै तीन करोड रुपैंयाको मालसामान जलेर नष्ट

सिरहाको गोलबजारमा आगलागी हुँदा झण्डै तीन करोड रुपैंयाको मालसामान जलेर नष्ट

सिरहा असार ५ । सिरहाको गोलबजारमा एक मोटर पार्टस् ग्यारेजमा आगलागी हुँदा झण्डै तीन करोड रुपैंयाको मालसामान जलेर नष्ट भएको छ । गोलबजार ३ मा रहेको आयुष मोटरपार्टस् ग्यारेजमा गएराती २ बजे आगलागी हुदा दुई लाख नगद सहित दुई करोड ९७ लाख ९३ हजारको सबारीका पार्टपुर्जा जलेर नष्ट भएको हो ।
विद्युत सर्ट भएर आगो लाग्दा ग्यारेजमा रहेको कागजात सहित सबै सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।
ग्यारेजका संचालक प्रदिप साहले आगलागी हुने वित्तिकै बारुणयन्त्रलाई खवर गरेपनि ढिलो आएको कारण सवै सामान काम नलाग्नेगरी जलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्