ताप्लेजुङको सुकेटार विमानस्थलको स्तरोन्नति तीव्र रुपमा

ताप्लेजुङको सुकेटार विमानस्थलको स्तरोन्नति तीव्र रुपमा

ताप्लेजुङ, ६ असार : ताप्लेजुङको सुकेटार विमानस्थलको स्तरोन्नति तीव्र रुपमा भइरहेको छ । निर्माणको ४४ वर्षपछि गौरी पार्वती याक्थुहाङ् एस्एपी जेभी कन्ट्रक्सनले जिल्लाको एकमात्रै विमानस्थलको स्तरोन्नति गरिरहेको छ । विमानस्थलको नाली बनाउनेलगायतका काम यसअघि सम्पन्न भइसकेको छ । हाल धमाधम कालोपत्रेको काम भइरहेको इन्जियर बल थापाले जानकारी दिनुभयो । कन्ट्रक्सनले ७ करोड ५० लाख रुपैयाँमा विमानस्थलको ७ सय ५० मिटर लम्बाई र २० मिटर चौडाई कालोपत्रे गर्ने ठेक्का पाएको थियो । हालसम्म करिब ६० प्रतिशत काम सकिसकेको थापाले बताउनुभयो । धानवमार्ग कालोपत्रेसँगै जहाज पार्किङ्ग तथा विमानस्थल प्रवेशको बाटोसमेत निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्