सप्तरी प्रहरीले थालेको अपरेशनमा शेराकिलो अनुसन्धान तीनजनाको कंकाल उत्खनन्

सप्तरी प्रहरीले थालेको अपरेशनमा शेराकिलो अनुसन्धान तीनजनाको कंकाल उत्खनन्

सप्तरी, ७ असार : सप्तरी प्रहरीले थालेको अपरेशन शेराकिलो अनुसन्धानले तीनजनाको कंकाल उत्खनन् गरेको छ भने ६ जनालाई नियन्त्रणमा लिन सफल भएको छ । २०६९ साल असोज १० गते सप्तरीको टिकुलिया गाविस घर भई हाल पटेर्वा–१ का ४८ वर्षीय सहबुद मियाँ, उनकी बुहारी २७ वर्षीया सगिरा खातुन र २०७० साल मंसिरको पहिलो हप्ता जण्डोल–६ की ३० वर्षीया दुलारी साह बेपत्ता भएका थिए । त्यस्तै २०७० चैत २ गते त्रिकोल–५ की निर्मलादेवी साहको हत्याका आरोपितहरु खुलेआम घुमफिर गरिरहेको भन्दै प्रहरीको सर्वत्र आलोचना भइरहेको थियो । अपरेशन शेराकिलो अनुसन्धानले सप्तरीको वैशाख २७ गते जण्डौल–६ की दुलारीदेवी साहको कंकाल उत्खनन् गरी फेला पारिएको थियो भने हराइरहेका टिकुलिया–४ का ससुरा सहबुद मियाँ र बुहारी सगिरा खातुनको पनि कंकाल उत्खनन् गरी निकालिएको छ । हत्या आरोपिहरुको समूह आपसमा विभाजित भएपछि उनीहरुबाटै प्रहरीले पाएको सुराकीका आधारमा उत्खनन् गर्दा मानव कंकालहरु फेला पार्न प्रहरी सफल भएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्