चतरा नहरमा एक पुरुषको शव फेला

चतरा नहरमा एक पुरुषको शव फेला

मोरङ, असार ७ ।

मोरङको बेलबारी ८ र ९ मा पर्ने चतरा नहरमा बिहान एक पुरुषको शव फेला परेको छ।
अन्दाजी ४५ वर्षका पुरुषको शव नहरमा डुबेको अवस्थामा फेला परेको हो । मृतकको नामथर वतन खुल्न सकेको छैन । स्थानीयले बिहान नहरमा पुरुष मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय हरैचाबाट प्रहरी टोली खटिगई शव बाहिर निकाली पोष्टमार्टमकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्