झापाबाट लागुऔषधसहित छ जना पक्राउ

झापाबाट लागुऔषधसहित छ जना पक्राउ

झापा, असार ८ गते । लागुऔषध ब्राउनसुगर, कोरेक्स र नाइट्रोजनसहित छ जनालाई प्रहरीले झापाको लखनपुर–१ पाडाजुँगीबाट आज बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा लखनपुर–२ निवासी कर्णबहादुर दाहाल, सोही ठाउँ निवासी नेत्रबहादुर नेपाल, सञ्जीव अधिकारी, दीपक बगाले, खगेन्द्र राई र शिवसतासी नगरपालिका–७ निवासी डिल्ली बिमली रहेका छन् । उनीहरुलाई विशेष सूचनाका आधारमा क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दमकको गस्ती टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

को १ च ३७९९ नंको मारुती भ्यान, मे ५ पे ४८२७ र मे २ प ७९२७ नंको मोटरसाइकलमा राखेर पश्चिमतर्फ लाँदै गर्दा छ ग्राम ब्राउनसुगर, ३९ बोतल कोरेक्स र १० पत्ता नाइट्रोजन ट्याब्लेट बरामद गरेको बताइएको छ ।

प्रहरीले उनीहरुको साथबाट नगद रु ५१ हजार चार सय १५ र छ वटा मोबाइल फोनसमेत बरामद भएको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्