सहयोगको याचाना

सहयोगको याचाना

 

मोरङ जिल्ला स्थित राजघाट वडा नम्बर ७ भोटेपुल बस्ने मोतीप्रसाद खतिवडा बोल्न र सुन्न नसक्ने अपाङ्गता भएको ब्यक्ति हुन् । उनको आर्थिक अवस्था पनि ज्यादै दयनिय छ । यस्तो परस्थितीका ब्यक्तिलाई कडा रोग लागि स्वास्थ्य परिक्षण गराउदा उपचारका लागि चितवनको भरपुर अस्पतालमा मात्र सम्भव हुने कुरा चिकित्सकहरुले जनाएका छन् । तर सो अस्पतालमा गई उपचार गराउने कुनै पनि आर्थिक अवस्था नभएका खतिवडा आफु बाँच्न चाहान्छन् । उनले सबैसँग अनुयन बिनय गर्दै भनेका छन्, मलाई बाचाईदिनुहोस । बाँचेर सामाजिक क्षेत्रमा काम गर्न चाहान्छु ।’
सम्बन्धित अस्पतालमा गई उपचार गर्नका लागि करिव ५ लाख जति रकमको आवश्यक पर्ने बताईएको छ । स्मरण रहोस,यि अपाङ्गता भएका ब्यक्ति आफ्नो शरिर स्वास्थ्य रहुन्जेल अपाङ्गता क्षेत्रमा क्रियाशिल थिए । ग्रामिण अपाङ्ग सेवा संघ राजघाटका सदस्य,पुर्वाञ्चल बहिरा संघ पुर्वाञ्चल सदस्य तथा श्री अरनिको उच्च माविका शिक्षक अभिभावक संघका सदस्य पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्