पूर्वी नाकाबाट ११ करोड बढीको स्याउ आयात

पूर्वी नाकाबाट ११ करोड बढीको स्याउ आयात

असार १०, झापा । पूर्वी नाका काँकडभिट्टा भएर दुई महिनामा रु ११ करोड ९६ लाख ६१ हजारबराबरको स्याउ भित्रिएको छ । भूकम्पका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि यो नाका भएर चिनियाँ स्याउ भारत हुँदै नेपाल भित्रिएको हो । गत वैशाख १२ गतेपछि काँकडभिट्टा भएर दुई हजार ८०० मेट्रिक टन स्याउ नेपाल भित्रिएको मेची भन्सार कार्यालयले जनाएको छ ।

गत वैशाख महिनामा ५९४ मेट्रिकटन भित्रिएको स्याउ जेठ महिनामा रु नौ करोड ६८ लाख ४४ हजार मूल्यबराबरको दुई हजार २०० मेट्रिक टन भित्रिएको मेची भन्सार कार्यालयका निमित्त प्रमुख कृष्ण न्यौपानेले बताउनुभयो ।

व्यवसायीले यसरी यो नाकाबाट भित्रिएको स्याउ झापाको दमकस्थित चिस्यान केन्द्रमा राखेर मागअनुसार राजधानीलगायत तराईका अन्य जिल्लामा समेत पठाउने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्