३४ होटल तथा लजमा छापा

३४ होटल तथा लजमा छापा

 

बिर्तामोड इलाका प्रहरी कार्यालय बिर्तामोडले बिहीबार बिर्तामोडका ३४ वटा होटलमा छापा मारेको छ । यौन व्यवसाय बृद्धि भएको जनगुनासो बढेपछि प्रहरीले होटलमा छापा मार्दै यौन व्यवसायमा संलग्नलाई पक्राउ गरेको छ ।
इप्रका बिर्तामोडको टोलीले छापा मार्ने क्रममा १३ जना महिला र ११ जना पुरुषलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । होटलमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि प्रहरीले यस्तो अभियान सञ्चालन गरेको हो । पटकपटक कारबाहीमा परेका यौन व्यवसायीले बिहीबार पुनः पक्राउ गरेको बुझिएको छ ।
प्रहरीले १० वटा होटलबाट यो व्यवसायीलाई पक्राउ गरेको बताइएको छ । आपत्तिजनक अवस्थामा प्रहरीले पक्राउ गरी इप्रका बिर्तामोड छानबीन सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको अभियान अन्तर्गत बिहीबार बिर्तामोडमा सिभिल प्रहरीसहित होटल तथा लजमा छापा मारेको इप्रका बिर्तामोडले जनाएको छ ।
झापालाई यस्तो कार्यबाट पूर्णरुपमा निरुत्साहित बनाउने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाटोमा हिँड्डुल गर्दा पनि सर्वसाधारणलाई यौन व्यवसायीकै रुपमा हेरेको भन्दै प्रहरीमा गुनासो आउने गरेको छ । प्रहरीले सर्वसाधारणको गुनासोलाई मध्यनजर गर्दै अभियान तीव्र पारेको छ ।
‘१५ दिनभित्रमा राफसाफ पार्छौं,’ छापा मार्ने समूहका एक प्रहरी भन्छन्–‘यस्तो कार्य आपराधिक गतिविधिमा संलग्नहरुको धेरै उपस्थिति हुनसक्छ ।’ केही हप्ताअघि काँकरभिट्टामा होटलमै एक किशोरीको हत्या समेत भएको थियो । प्रहरीको यस्तै अभियानबाट इटहरीका होटल यतिबेला सुनसान भएको सुन्न पाइन्छ । त्यहाँबाट विस्थापित भएका यौन व्यवसायी पूर्व आएसँगै बिर्तामोडलाई यौन व्यवसाय गर्ने मुख्य स्थानको रुपमा प्रयोग गर्न थालेको प्रहरीको भनाइ छ ।
पक्राउ गरिएकालाई कानून बमोजिम कारबाही गरिने इप्रका बिर्तामोडका डीएसपी सञ्जय राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्