नेपाल र नेदरल्याण्डबीच पहिलो ट्वेन्टी–ट्वेन्टी खेल आज

नेपाल र नेदरल्याण्डबीच पहिलो ट्वेन्टी–ट्वेन्टी खेल आज

प्रबिन दाहाल

असार १५ काठमान्डौ

नेपाल र नेदरल्याण्डबीच आज पहिलो ट्वेन्टी–ट्वेन्टी खेल हुँदैछ । ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौटको तयारीमा रहेको नेपालले नेदरल्याण्डसँग चार वटा ट्वेन्टी–ट्वेन्टी खेल खेल्नेछ । आज हुने पहिलो खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ ।
दुवै देशले यो खेललाई आयरल्याण्ड र स्कटल्याण्डमा जुलाई ९ देखि हुने ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगिताको तयारीका रुपमा लिएका छन् । नेपालीले विश्वकप छनौटको तयारीसँगै ट्वेन्टी–ट्वेन्टी अन्तर्रा्ष्ट्रिय बरियतामा प्रवेश पाउने उद्देश्य सहित नेदरल्याण्डसँग चार खेल खेल्न लागेको हो ।
अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को नियम अनुसार तोकिएको समयमा ८ खेल खेल्ने राष्ट्र बरियतामा प्रवेश गर्ने छन् । नेपालले अहिलेसम्म चार ट्वेन्टी–ट्वेन्टी अन्तर्रा्ष्ट्रिय खेल खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्