अमेरिकामा बस्न जाँनेले ध्यान पुर्याउनु पर्ने कुराहरु

अमेरिकामा बस्न जाँनेले ध्यान पुर्याउनु पर्ने कुराहरु

सुनिल मणि दाहाल

वर्क, भर्जिनिया, अमेरिका!

के तपाई वैधानिक रूपले अमेरिकामा स्थाई बसोबास का लागि आउदै हुनुहुन्छ ? आउदै हुनु हुन्छ भने तपाईले धेरै कुराहरु आउनु भन्दा अगाडी नै ध्यान दिनु आवश्यक छ | धेरै नेपालीहरु बास्तबिक जानकारीको अभाबमा वा आफ्नै कमजोरी का कारण धेरै समस्यामा परेका छन् ! यस लेखको मूल आशय ति नब-आगन्तुक नेपालीहरु लाई सहि बाटो देखाउनु रहेको छ !अमेरिका एउटा अपार अवसर प्रदान गर्ने मुलुक हो जहाँ व्यापक प्रजातान्त्रिक स्वतन्त्रता छ ! त्यसैले बिश्वका सबै मुलुकका नागरिकहरु यस देशमा अटाएका छन् | एउटा अविकसित मुलुकबाट आएको मान्छे लाई यो अति बिकसित र खुल्ला प्रजातान्त्रिक मुलुकका हरेक कुराहरू निश्चय पनि अनौठा र अबिस्श्वनीय लाग्न सक्छन ! अत:तपाई डिभी वा अन्य बैधानिक बाटो बाट यो देशमा स्थाई बसोबासका लागि आउदै वा भर्खर्रै आउनु भएको भए निम्न कुरा हरुमा बिशेष ध्यान दिनु होस :

क) अमेरिका आउनु अगाडी ध्यान दिनु पर्ने कुरा हरु:

१) नेपालमा तपाई जे जस्तो हुने खाने भए पनि , सरकारी वा अन्य कार्यालयमा जे जस्तो ठुलो पदमा हुनु हुन्थ्यो त्यस लाई बिर्सनुस र मैले शुन्यबाट आफ्नो ज़िन्दगी सुरु गर्नु पर्छ भने सोच बनाउनु होस !

२) आफ्नो अध्ययन तथा तालिम अनुभवको सम्पूर्ण कागजात आफु संगै लिएर आउनु होस, अमेरिकामा अध्यनको लागि यी कागजात हरुको आवश्यकता पर्छन |

३) नेपाल छोडे पछि कानुन, बोलि चालीका बेबहार, काम गर्ने तौर तरिका पनि एकदमै फ़रक हुन्छन, यसलाई ध्यान दिनु होस !

४) अमेरिकामा कानुन लाई भगवान सरह मानिन्छ र त्यही अनुरुप सबैले पालाना गर्छन, अत: आफ्नो सोचमा परिबर्तन गर्नु होस र अमेरिकन कानुनलाई नेपाली कानुन झैँ खेलबाड र मजाकका रुपमा कैले पनि नलिनु होस !

५) महिला, केटाकेटी र बूढा बुढी लाई सम्मान र मर्यादा राख्ने गर्नु होस !

६) जन्तु, जनावर, बोट बिरुवा लगायत प्रदुषण सम्बन्धी आफु लाई सचेत बनाउनु होस !

ख) अमेरिकामा प्रवेश गरे पछि ध्यान दिनु पर्ने कुरा हरु:

१) दिनमा आधा घण्टा अमेरिकाको नियम कानुन का बारेमा अध्ययन गर्नु होस,स्थानीय समाचार हेर्ने र पढने बानी गर्नु होस !

२) DV बाट आएको भए नजिकको सोसियल सेकुरिटो को कार्यालय खोजि निबेदन दिनु होस , यसका लागि जो कोइ नेपाली साथी भाई वा आफन्तले मद्दत गर्ने छन् !

३) नजिकको DMV कार्यालयमा परिचय पत्रको लागी निवेदन दिई परिचय पत्र बनाउनु होस !

४) सोसियल सेकुरिटी नम्बर र ग्रिन कार्ड प्राप्त भए पछि छोरा छोरि भए तिनका लागि नजिक को सरकारी स्कुलमा भर्नाको प्रकिया सुरू गर्नु होस। शुरूमा तपाईको कमाई नहुने वा तोकीएको कमाई नभए स्कुलमा निःशुल्क लन्च सुविधा उपलब्ध हुनेछ !

५) आफ्नो अवस्था अनुसार आफु बसेको आसपास वा बसको सुविधा भएको स्थानमा काम खोज्नु होस र जे जस्तो काम पाईन्छ काम शुरू गर्नु होस! अमेरिकामा सवै किसिमका बैधानिक काम लाई सम्मान गरिन्छ र यहॉ सानो वा ठूलो भनी फरक गरिदैन !

 

6)  साथी भाई आफन्तजनकोमा अस्थाई बसोवास गरेको भए भरसक अलग वस्नु होस, आफु आत्मनिर्भर हुने कोशिश गर्नु होस !

७) सुरुमा यातायातको कठिनाई हुन्छ, गाडी चलाउन सिक्नु होस र एउटा प्रयोग भएको गाडी सस्तोमा किनेर मितव्ययी हुनु होस !

८) नेपाली समुदायले अनेकौ संगठन खोलेका छन्, ख्याल गरेर मात्र ति संगठनमा आबद्द हुनु होस ! अमेरिकामा नेपालको राजनितीको कुनै अस्तित्व छैन यो कुरालाई ख़्याल गरी कसैको बहकाउमा नलाग्नु बेस हुन्छ ! स्थानीय राजनितीको बारेमा अध्ययन वा जानकारी लिनु होस !

९) आफ्नो काममा ध्यान दिनु होस, अर्काको प्रगती, गाडी र बंगला देखेर आफ्नो मन न खुम्च्याउनु होस ! तपाई जस्तै अरुले पनि त्यस्तै दुख गरेर आफ्नो प्रगति गरेका हुन् यो कुरा ध्यान दिनुहोस !

१०) आफु आर्थिक रूपले सक्षम नहुन्जेल वा भरपर्दो कमाईको आधार नहुन्जेल घरमा लगानी नगर्नु होस ! तपाईलाई शुरू मै घर किन्न सल्लाहा दिनेहरू प्रसस्तै हुने छन, यसमा सचेत हुनु होस !

११) आफु लगायत परिवारको लागी मेडिकल ईन्सुरेन्स गराउनु होस । यसका लागी कम आम्दानी भएकाले अधिकतम सुविधा पाउने हुंदा नजिकको काउन्टी अफिसमा सल्लाह लिनु होस !

१२) प्रत्येक बर्ष आय कर तिर्न नभुल्नु होस ! यो अनिवार्य छ ! यसका लागी कर सम्बन्धि कानुन र व्यवस्थाका बारेमा अध्ययन वा ज्ञाता संग सल्लाहा लिनु होस ! कर का लागी गलत विवरण पेश गरेमा निकै ठूलो कार्यवाही हुन सक्छ, यसमा धेरै सचेत हुनु होस !

१३) बैंक बाट क्रेडिट कार्ड का अफरहरू आउने छन, सित्तैमा पाएको ठानी अनावश्यक क्रेडिट कार्ड नलिनु होस ! यसले तपाईको आर्थिक दायित्व वढाउंदछ !

१४) तपाईले बसेको स्टेटमा एक बर्ष बसेर कर तिरेको भए कलेजमा उच्त शिक्षाको लागी

सरकारी अनुदान र प्रत्येक क्रेडिटमा आधा शुल्क छुट सुविधा प्राप्त हुन सक्छ , यो कुरालाई ध्यानमा राखी आफ्नो पढ़ाई सुरू गर्नु होस ! यहॉ नपढी राम्रो जागिर पाउन कठिन छ !

१५) यो देशमा मेहनत नगरी खान पुग्दैन ! नेपालमा झै भनसुन र घुस दिएर वा लिएर काम लिने वा दिने गरिदैन ! तपाईलाई विविध कारणले चिन्ता र पिरले गर्दा डिप्रेशनले सताउन सक्दछ ! यसलाई सामान्य रूपमा लिई चिन्ता नलिनु होस र आफूलाई शारिरीक रूपमा तन्दुरूस्ती राख्नु होस ! यसका लागी नियमित योगा तथा अन्य व्यायाममा आफ्नो समय छुट्याउनु होस !

यदि तपाई नेपालमा आर्थिक रूपले सम्पन्न हुनु हुन्छ, पढ़ाई पुरा गरी आफ्नो पेशामा पहिचान बनाई रहनु भएको छ वा पूर्ण रूपमा स्थापित भै सक्नु भएको छ वा उमेर ढल्कदैछ भने अमेरीका तपाईको लागी स्थाई बसोवास गर्ने भरपर्दो थलो भने नहुन सक्छ !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्