नेपालले आज चौथो तथा अन्तिम खेल खेल्ने

<span class='c1'>नेपालले आज चौथो तथा</span> <span class='c2'>अन्तिम खेल खेल्ने</span>

नेपालले आज चौथो तथा अन्तिम खेल खेल्नेछ । खेल नेपाली समय अनुसार राती पौने ९ बजे सुरु हुनेछ ।
यसअघि
हिजो तेश्रो टी–२० क्रिकेटमा पनि नेपाल नेदरल्याण्डसँग पराजित भएको छ । गएराति भएको खेलमा नेपाल १८ रनले पराजित भएको हो । जितसँगै नेदरल्याण्डले चार टी–२० म्याचको श्रृखला ३–० ले आफ्नो पक्षमा पारेको छ । १ सय ५० रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १ सय ३३ रनमात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ३६ रन बनाए भने शरद भेसवाकरले २४, प्रदिप ऐरीले १८, ज्ञानेन्द्र मल्लले १७ र सुवास खकुरेलले १४ रन बनाए । नेपाललाई सस्तैमा समेट्न नेदरल्याण्डका असन मल्लिकले सर्वाधिक ४ विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले पिटर माएबर्गको उत्कृष्ट ब्याटिङको मदतले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । माएबर्गले अविजित ७१ रन बनाए भने कप्तान पिटर वोरेनले १९ रन बनाए । नेपालका करण केसीले २, तथा बसन्त रेग्मी, सागर पुन र शक्ति गौचनले समान १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्