नेपाली बास्केटबल टिमद्वारा दोहोरो जित दर्ता

नेपाली बास्केटबल टिमद्वारा दोहोरो जित दर्ता

विराटनगर १९ असार ।

नेपाली बास्केटबल टिमले चौथो दक्षिण एसियाली बास्केटबल(साबा) च्याम्पियनशिपमा दोहोरो जित दर्ता गरेको छ । भारतको बंगलोरमा जारी प्रतियोगितामा हिजो राति भएको खेल मा नेपाल ले भुटानलाइ ७२-५८ स्कोरले पराजित गर्यो । आज बिहान भएको खेलमा बंगलादेशलाइ ८४-७३ स्कोरले हरायो । बंगलादेशमाथि जित दर्ता गरेकोमा नेपाल बास्केटबल संघले नेपाली बास्केटबल टोलीका खेलाडीलाइ ५० हजार नगदले पुरस्कृत गर्ने घोषणा गरेको छ । नेबाका अध्यक्ष लामा टेण्डी शेर्पाले आजै यो घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्