युवा स्ट्राइकर विमल आज बेल्जियम जाँदै

युवा स्ट्राइकर विमल आज बेल्जियम जाँदै

प्रबिन दाहाल

काठमाण्डौ असार २०

युवा स्ट्राइकर विमल घर्तीमगर आज बेल्जियम जाँदैछन् । उनले बेल्जियम लिग च्याम्पियन क्लब ब्रुगी केभीमा तीन महिना प्रशिक्षण लिनेछन् । प्रशिक्षणका क्रममा विमलको सबै खर्च क्लबले व्यहोर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । भिसा प्रक्रिया लगायतमा भने एन्फाले सहयोग गरेको छ । नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमलले यसअघि बेल्जियमकै एन्डरलेक र एफसी ट्वान्टेबाट खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्