मैत्रीपूर्ण खेलमा झापा विजयी

मैत्रीपूर्ण खेलमा झापा विजयी

बिर्तामोड । भूकम्प पीडितको सहयोगार्थ ‘च्यारिटी म्याच’मा झापा ११ विजयी भएको छ । विपक्षी दार्जिलिङ ११ विरुद्ध २ गोल गर्दै झापा ११ विजयी भएको हो ।
झापा जिल्ला फुटबल संघले झण्डै एक महिनाअघि च्यारिटी म्याचको घोषणा गरेको थियो । विविध कारणले दुई पटक सरेको म्याचमा झापाका लागि गणेश खड्का र विशाल राईले गोल गरे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका प्रतियोगितामा करिब चार हजार दर्शकले अवलोकन गरेका थिए । उद्घाटन मन्तव्यमा एमाले अध्यक्ष ओलीले भूकम्प पीडितलाई सहयोग गर्न फुटबल आयोजना गरेकोमा धन्यवाद दिए ।
डोमालाल रङ्गशाला र पार्किङ्ग निर्माणमा अध्यक्ष ओलीको जोड थियो । उनले भने, ‘स्तरीय रङ्गशाला निर्माणमा मेरो साथ छ ।’ गुठीको जग्गा व्यक्तिले हडपेको प्रसङ्गमा नेता ओलीले व्यंग्य गर्दै यताका होइन, उताका व्यक्तिको नाममा पास हुने गरेको खुलाए । उनले झापा ११ ले नेपाली फुटबल इतिहासमा राम्रो स्थान बनाएकोमा खुसी व्यक्त गरे ।
झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस झापाका सभापति उद्धव थापा, झापा जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष राजु आचार्य लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्