एसेस क्रिकेट श्रृंखला आजदेखि

एसेस क्रिकेट श्रृंखला आजदेखि

प्रबिन दाहाल

काठमाण्डौ असार २३

अष्ट्रेलिया र इंग्ल्यान्डबीचको बहुचर्चित र बहुप्रतिक्षित एसेस क्रिकेट श्रृंखला आजदेखि ब्रिटेनमा सुरु हुँदैछ । वेल्सको कार्डिफमा आज पाँच म्याचको टेस्ट श्रृंखला सुरु हुँदैछ ।पहिलो टेस्ट सुरु हुनुपूर्व दुबै टोलीका कप्तानहरुले जित आफ्नो पक्षमा हुने दाबी गरेका छन् । इंग्ल्यान्डका कप्तान अलेस्टर कुकले आफ्ना खेलाडीहरुलाई सन् २००५ कै टोलीको जस्तो बहादुरीपूर्ण प्रदर्शन गर्न आग्रह गरेका छन् । १० वर्षअघि आफ्नै मैदानमा भएको एसेस श्रृंखला इंग्ल्यान्डले जितेको थियो । तर, त्यसपछि भने इंग्लिस टोली निकै विवादित बनेको छ ।
उता, अष्ट्रेलियन टोलीका कप्तान माइकल क्लार्कले पनि आफ्नो टोली उपाधि जित्न सक्षम रहेको बताएका छन् । सन् १८८२ मा इंग्ल्यान्डको द ओभलमा अष्ट्रेलियन टोलीले पहिलो पटक इंग्ल्यान्डमाथि टेस्ट जित हात पारेपछि एसेस श्रृंखला सुरु भएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्