टी–ट्वान्टी विश्वकप छनौट क्रिकेट आजदेखि

टी–ट्वान्टी विश्वकप छनौट क्रिकेट आजदेखि

प्रबिन दाहाल

असार २४ काठमाण्डौ

टी–ट्वान्टी विश्वकप छनौट क्रिकेट आजदेखि सुरु हुँदैछ । स्कटल्याण्ड र आयरल्याण्डमा हुने प्रतियोगितामा १४ देशको सहभागिता छ । २६ जुलाईसम्म अर्थात १८ दिनसम्म हुने छनौट प्रतियोगितामा ५१ वटा खेल हुनेछन् ।
प्रतियोगीतामा सहभागी १४ देशलाई दुई समुहमा राखिएको छ । समुह एमा नेपाल सहित हङकङ, आयरल्याण्ड, जर्सी, नामिबिया, पपुवान्युगिनी र अमेरिका छन् । समुह बीमा अफगानिस्तान, क्यानडा, केन्या, नेदरल्याण्ड, ओमान, स्कटल्याण्ड र युएई छन् । प्रतियोगिताको पहिलो खेलमा आज आयोजक स्कटल्याण्ड र युएईले प्रतिस्पर्धा गर्ने छन् । खेल नेपाली समयअनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ । बेलुका सात बजे हुने अर्को खेलमा अफगानिस्तान र नेदरल्याण्ड प्रतिस्पर्धा गर्ने छन् । नेपालले आफ्नो पहिलो खेलमा भोलि शुक्रबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको शीर्ष ६ मा रहने देश सन् २०१६ को मार्च ११ देखि अप्रिल ३ सम्म भारतमा हुने टी–ट्वेन्टी विश्वकपमा सहभागी हुन पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्