विद्यालयलाई झापा ११ को सहयोग

विद्यालयलाई झापा ११ को सहयोग

बिर्तामोड । वैशाख १२ गते आएको भूकम्प र त्यसपछिका पराकम्पबाट पीडित बनेका विद्यालय, सङ्ग्राहललाई झापा ११ ले झापाली खेलप्रेमीको तर्फबाट सहयोग प्रदान गर्ने भएको छ ।
भूकम्प पीडितका लागि सहयोगार्थ २१ असारमा आयोजित ‘च्यारिटी म्याच’को हिसाब सार्वजनिक गर्दै शनिबार बसेको बैठकबाट सङ्कलित रकम सहयोग गर्न लागिएको जनाएको हो । झापा ११ र दार्जीलिङ ११ बीच मैत्रीपूर्ण खेल भएको थियो ।
सिन्धुपाल्चोकको चौतारामा रहेको एक विद्यालय निर्माणका लागि क्लबले एक लाख पचास हजार सहयोग प्रदान गर्ने बैठकबाट निर्णय गरेको छ । त्यस्तै, काठमाडौँस्थित गोङ्गबुमा रहेको तमु सङ्ग्राहलयलाई एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ । विद्यालय र सङ्ग्राहलय भूकम्पका कारण ध्वस्त भएका छन् ।
क्लबका अध्यक्ष जलकुमार गुरुङका अनुसार नेपाल पत्रकार महासंघले स्थापना गरेको ‘भूकम्पपीडित राहत कोष’ मा पचास हजार रुपैयाँ जम्मा गरिनेछ । च्यारिटी म्याच र सहयोगी संस्थाबाट उठेको चार लाख ७७ हजारबाट खर्च कटाएर तीन लाख भूकम्पपीडितलाई सहयोग गरिएको क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्