नेपालले आज आयरल्याण्डसँग खेल्ने

नेपालले आज आयरल्याण्डसँग खेल्ने

 

२८ असार, । टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले सोमबार बलियो टोली आयरल्याण्डसँग खेल्दैछ ।
खेल नेपाली समय अनुुसार साँझ ७ बजेपछि हुनेछ । खेलले टी-२० अन्तराष्ट्रियको मान्यता पाउनेछ ।
समूह ‘ए’को सबैभन्दा ठूलो मानिएको नेपाल र आयरल्याण्डबीचको खेल रोमान्चक हुनेछ । यो खेलमा नेपाल बलर तथा ब्याट्सम्यानको वास्तविक परीक्षा समेत हुनेछ ।

विश्वकप छनोटमा नेपालको यो खेल सबैभन्दा ठूलो समेत मान्न सकिन्छ । चार पटक टी-२० विश्वकप खेलिसकेको घरेलु टोली आयरल्याण्ड छनोट प्रतियोगिताको उपाधिमा हृयाट्रिक गर्ने दाउमा छ ।
आयरल्याण्ड आक्रामक ब्याटिङको टीम हो । आजको खेलमा नील ओब्राइन, पउल स्टिरलिङ, केभिन ओब्राइन, विलियम पोर्टरफिल्ड र एन्डी बालबेर्नीका साथै स्पिनर जर्ज डेकरेल पनि नेपालका लागि चिन्ताको विषय हुनेछ ।
नेपालको ओपनिङ ब्याटिङको समस्या भने यथावतै छ । कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेसवाकरमा नेपालको ब्याटिङ टिकेको छ ।
बलिङमा सोमपाल कामीको जोडीमा कसलाई खेलाउने भन्ने अर्को समस्या छ । अमेरिकाविरुद्धको खेलमा करन केसीले २ ओभरमा २७ रन खर्चिएपछि नामिबियासँगको खेलमा जितेन्द्र मुखियालाई खेलाइयो ।

तर, वषर्ाले प्रभावित खेलमा उनले एक ओभरमा मात्र बलिङ गर्न पाए । उनी अझै आफ्नो लयमा आइसकेका छैनन् । स्पिनमा भने शक्ति गौचन र बसन्त रेग्मी छन् भने कप्तान पारस र सागर पुनले सघाउने छन् ।
सुरुवाती २ खेल जितेको आयरल्याण्ड ४ अंकका साथ समूह एको शीर्ष स्थानमा छ । उसले नामिबियालाई ७ विकेटले र अमेरिकालाई ४६ रनले हराएको थियो ।
नेपालले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो भने वर्षाले प्रभावित खेलमा नेपालले नामिबियासँग अंक बाँडेको थियो । ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्