सभासदलाई जति पनि सुविधा , खेलाडी सुविधा दिन किन कन्जुसी ?

सभासदलाई जति पनि सुविधा , खेलाडी सुविधा दिन किन कन्जुसी ?

 - अभिशेक भट्टराई

सानो छदा हामी सबै प्रत्येक वर्ष एक कक्षा माथी चढ्दै जादा हाम्रा अभिभावक र गुरुहरु ले भन्नू हुन्थ्यो "अब तिमी ठुलो कक्षा पुग्यौं ,यति मिहिनेतले पुग्दैन अझ मिहिनेत गर ! " र हाम्रा लागि त्यहि अनुसार को वातावरणको सिर्जना गरिन्थ्यो । हाम्रा क्रीकेट टोलि अघि बढिरहदा सबैले हौसला त थपेकै थियौ तर हामिले त्यहि लेभलको बैज्ञानिक प्रशिक्षण विद्दी र उत्कृष्ट टिमहरु सग प्रतिस्पर्धा गर्न त्यहि अनुसारको नीति अपनाउन भने सकेका रहेनछौ । सायद हिजो आयरल्यान्ड सगको खेल त्यसकै परिणाम हुनुपर्छ।हाम्रो क्षेमता कम भएको हैन तर आयरल्यान्डले भने आफ्नो क्षेमता बढाएको हो ।cricketnepvsir

 

यति हुँदा देशको शिर उच्च पार्ने सफल क्रीकेट खेल लाई पर्याप्त बजेट छुट्याउन सरकारले कन्जुसी गरो भने हामिले सरकार लाई त्यस्का लागि दबाव दिन कन्जुसी गरौ वा भनौ हामी त्यस्मा चुकेका छौ । क्रीकेट खेलले त्यती धेरै सफलता चुमिरहदा पनि ,सदनमा निदाउने सभासदलाई चाहिँ उनिहरुको इच्छा बमोजिम तलब भत्ता दिने हाम्रो सरकार ले खेलाडीलाई चै त्यही अनुसारको सुविधा दिनकिन चुक्यो ? सरकारले त्यस् तर्फ ध्यान नदिएपनि ,त्यहि खेलाडीले चौका र छक्का हान्दा खुशिले तीन फिट माथि उफ्रिने हामी समर्थकले सरकार को ध्यानाकर्षण गराउन किन सकेनौ ?  हाम्रो टोलिले आज भन्दा एक वर्ष अगाडि जितेको टोलि सग आज किन पराजय बेहोर्नु पर्यो ? धेरैको उत्तर हुनसक्छ हाम्रो क्षेमता कम भयो तर कुरा त्यसो हैन ,हाम्रो क्षेमता कन्स्टेन्ट छ भने अन्य टोलि को क्षेमता भने बढ्दै गएको छ । अन्य टोलिलाई प्रदान गरिने सुविधा नेपाली टोलिको भन्दा कयौं गुणा बढी छ भने उनिहरु ले अपनाएको प्रशिक्षण नीति पनि दरो र भरपर्दो रहेको छ । मैले यो कुरा भनिरख्दा धेरैको गुनासो हुनसक्छ नेपाल गरिव देश हो यी कुराहरु धान्न सक्दैन । तर सभासद को भत्ता ,नेताहरु को विदेश भ्रमणमा हुने खर्च ,नेताहरु को उपचार खर्च विवरण हेर्दा त कुनै धनी र विकसित मुलकका नेताको खर्छ भन्दा कम देखिदैन

नेपाललाई बधाइ तथा शुभकामना

अनि आज एउटा खेलाडी जस्ले विश्वलाई थर्काइरहेको छ ,त्यसलाई उचित पारिश्रमिक दिनुपर्छ भन्दाचै गरिबी को रटान किन ? ।त्यसैले नेपाली क्रीकेट टिम ले हिजो जुन खेल प्रदर्सन गर्नुमा टोलि दोशी छैन ,दोषी छौ त हामी र हाम्रो सरकार । त्यसैले अब नेपाली क्रीकेट को सुधार र गतिलो प्रदर्सनका लागि अब हामी लाग्नुपर्ने आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्