छोरीले सोधीन – घुस भन्या के हो पापा?

<span class='c1'>छोरीले सोधीन – घुस भन्या के हो पापा?</span> <span class='c2'></span>

 

- सुनिल मणि दाहाल

वर्क, भर्जेनिया

 

 

हजुरबुवा हजुरआमालाइ नेपाली समाचार दिनहु सुन्नु पर्ने भएकाले ट्याब्लेटमा समाचार लगाई दिने जिम्मा पाएकी नातिनी (मेरी छोरीले) आफु पनि संगै समाचार सुन्ने, नेपाली हास्य कार्यक्रम हेर्न क्रममा एउटा प्रसारित कार्यक्रममा ब्यक्त गरिएको " नेपालको विकास नहुनुमा प्रमुख कारण घुस र भस्ट्रचार नै हो " भन्ने विचारले उनलाई अलमल बनाएछ ! म वेलुका हस्यांग फस्यॉग गर्दै अफिसवाट के आई पुगेको थिए, अचानक छोरीले मलाई सोधीन- "घुस भन्या के हो पापा"? म असमन्जसमा परे ! प्रस्ट नेपाली बोल्न र बुझ्न सक्ने मेरो छोरीले तेर्साएको यो प्रस्नको उत्तर दिन मलाई अतिनै गारो भयो ! अमेरिका आएको जम्मा जम्मी ६ वर्ष मात्रै भएछ ! नेपालमा दुइ कक्षा मात्र पढेर अमेरिका आएकी हुनाले नेपालको परिवेशमा नेपाली समाजले साधारण र सामान्य बोलिका कुरा मानिने "घुस" लाई यीनले नबुझेको पो हो कि भन्ने ठाने ! अमेरिका लगायत अन्य बिकसित मुलुकहरूमा मेहनत गरी कमाउनेलाई सम्मान गरिने तर घुस खानेलाई तुरून्तै कडा कारवाही हुने भएकाले घुस र भ्रष्टचारको सम्भावना नै हुदैन! हामीले नेपालमा पढेका र सुनेका तर लागू भने गर्न नचाहेका प्रचलित भनाईहरू छन-"ग्राहकको सेवा नै धर्म हो", "ग्राहकको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो"!  यी भनाईहरू विकसित मुलुकहरूमा व्यावहारिक रूपमा नै लागू हुन्छन, तर नेपालमा यी भनाईहरू पुस्तकमा मात्रै सिमित छन ! अर्को तर्फ, तोकिएको वा गरिने कुनै पनी कामको पारिश्रमिकले आराम साथ खान लाउन समेत पुग्ने भएकाले गलत काम गर्न मान्छे प्रोत्साहित हुदैनन! यस्ता मूलुकमा शिक्षा लिएका, अत्याधिक प्रजातान्त्रिक अभ्यास गरेका र यहॉको आर्थिक संस्कार सिकेका बिद्यार्थीहरुलाई घुस, भस्ट्रचार आदि जस्ता फोहोरी र घिन लाग्दा संस्कारका कुरा ब्यक्त गर्न र सम्झाउन लाज मर्दो हुदो रहेछ ! त्यै पनि मैले छोरीको जिज्ञासामा रमाइलो पाराले घुसको व्याख्या गरे ! यस पश्चात दुवै बावु छोरी विच प्रश्न उत्तर निम्न अनुशार भए : छोरीले सोधीन - नेपालमा घुसको कारणले विकास भएन भन्छन ! घुस भन्या के हो पापा? ! कस्तो फ़साद ! जवाफ के फर्काएको थिए, अर्को प्रश्न आयो- कानून छैन?

जवाफ- क़ानून छ तर कुम्भकर्ण, जति बेला पनि सुति रहन्छ !

प्र-घुस कस्ले खान्छ?

उ- अधिकॉस सरकारी कर्मचारीहरू, प्रहरी, नेता/कार्यकर्ताहरू, मन्त्रीहरू

प्र-घुस खाएको कसरि थाहा पाउने?

उ- खान नपुग्ने तलव तर आलीशान वंगला र गाड़ी !

प्र- गरिवले नी ?

उ- गॉसको लागी ढिडो र सिस्नो, वासको लागी आफ्नै मेहनतको झुपडी !

प्र- भ्रष्टचार भन्या नी ?

उ- भ्रष्ट + आचरण (ग़ैरक़ानूनी रूपले खराव क्रियाकलाप गर्ने)

प्र- जस्तै ?

उ- अधिकॉस सरकारी कर्मचारी देखि प्रहरी सम्म, दलका नेता/कार्यकर्ता देखि मन्त्रिसम्म  जसले ग़ैरक़ानूनी काम गरि सम्पती कमाउछन!

प्र-  भ्रष्टचार कहॉ हुन्छ?

उ- नेपालका सवै सरकारी निकायहरू र तिनका संस्थानहरूमा! आकर्षक घुस खान पाईने सरकारी ठॉउ-भन्सार, मालपोत, कर, यातायात, वन लगायतका अवैधानिक रुपमा पैसा कमाउने ठाउँहरु हुन।

यी प्रश्न उत्तरले उनलाई भन्दा मलाई नै चिन्तित वनायो ! सधैं नेपालको झन्डा फहराउदै तथा  नेपाली टिसर्ट लगाएर विभिन्न कार्यक्रममा नेपालको परिचय दिंन अग्रसर हुने यस्ता कलिला नानीहरूको मस्तिष्कमा यी गलत संस्कारका कुराले कति नकारात्मक असर पार्ला?

आजकल नेपालमा जस्ले पैसा बढि कमाउन सक्दछ त्यसैले उन्नति र प्रगति गरेको तक्मा पाउछ ! यहॉ पैसाको श्रोत र थुपारेको सम्पती कसरी र कहॉबाट आयो त्यो हेरिदैन ! अनुशासनमा रहनु, संस्कारी हुनु, शिक्षित हुनु, इमान्दार हुनु, कुनै राम्रो व्यापार, व्यवसाय,

पेशामा लाग्नु भनेको नेपालमा उन्नति र प्रगति हुनु होइन!  जसरि भए पनी अकूत पैसा कमाउनु नै नेपाली समाजको परिभाषामा प्रगति हुनु हो। घुस खुवाएर राम्रो ठाँउमा जागिर पटकाउने र भ्रष्टचार गरि कमाएकोलाई भ्रष्टाचार भन्दैन नेपाली समाजले, बरू प्रसंसा गर्दै भन्छ- पल्लो घरको कान्छो त भन्सारमा परेछ, उसले त गजवको प्रगति पो गर्यो। झापाका कार्की ख़रीदार काठमान्डौको कर कार्यालयमा सरूवा भए पछि घुस खाएर वानेश्वरमा एक रोपनी घडेरी किन्यो भने त झन झापाको फलानोले ठुलो प्रगति गरेछ भनेर वाह-वाह गर्छन उनका छरछिमेकी र नातागोताहरू ! कस्तो विडम्बना, यसको ठिक बिपरित एउटा इमान्दार पढ़े लेखेको हुलाकको हाकिम नै रहेछ भने पनि त्यो त नामर्द पो हो किनकि त्यस्तो ईमान्दारीताको के काम न त पैसा कमाउन सक्छ, न एउटा घर नै ठंड्याउन सक्छ ! अमेरिका लगायत अन्य मूलुकमा ईमान्दारीपूर्वक काम गर्ने नेपालीलाई होच्याउदै भनिन्छ-छी कस्तो काम गरेको जव कि कुनै सरकारी कामका लागी विदेश भ्रमणमा आउने हरुको ध्यान नै प्रवासी नेपालीहरूलाई होच्याउदै झुठो विवरण वनाई सरकारी टिएडिए पटकाउने मनसाय रहेको हुन्छ ! ईमान्दारीता र अनुशासन को कमाईलाई प्रगति हैन छी यस्तो सानो काम पनी गर्ने भनिन्छ तर काम नै नगरी विल वनाई घरपरिवार तथा हाकिमको चाकडीका लागी चढाईने कालो, निलो झोलका उपहारलाई चैं फलानोले क्या प्रगति गरेको भनी सेम्पेन फुटाईन्छ !

 असल आचारण भएका राष्ट्र सेवकहरू पनि प्रसस्तै नभएका होईनन, तर के गर्नु यीनलाई यहि समाज र घूसख़ोरीका माफ़ियाहरूले काम गर्न नै नसक्ने गरि प्यारालाईज वनाई दिन्छन! तपाई सेवाग्राहिका लागी राम्रो काम गर्ने प्रयास शुरू गर्नुस मात्रै, भोली नै दूर्गम स्थानमा जाकि दिन्छन वा तपाईले विभिन्न धम्कीको सामना गर्न तयार हुनु पर्नेछ ! 

जबसम्म नेपाली समाजमा यस्ता सोच र विचार रहिरहन्छ, तबसम्म क्यान्सर सरह भष्टचारले मौलाउने मौका पाई नै रहन्छ । घुस खाएर कमाएकोलाई जबसम्म यो अपराध हो भनी निरुत्साहित र दन्डित गरिदैन, तबसम्म आकर्षक ठाउंमा जागिर मिलाई घुस खाने र खुवाउने जस्ता जगन्य अपराध नियन्त्रणमा केही हुनेवाला छैन। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्