मैत्रीपुर्ण फुटबल खेलमा क्षेत्रीय प्रहरी टिम बिजयी

मैत्रीपुर्ण फुटबल खेलमा क्षेत्रीय प्रहरी टिम बिजयी

बिराटनगर, साउन ४ गते।

प्रहरी र स्थानीय क्लब विच आज सम्पन्न भएको मैत्रीपुर्ण फुटबलमा प्रहरी टिम बिजयी भएको छ। मैत्रीपुर्ण खेलमा क्षेत्रीय प्रहरी कार्यालय रानीका फुटबल टिमले बिराटनगरको मर्निङ स्पोर्टिंङ क्लबलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

खेलमा प्रहरीका लागी जर्सी नम्बर १० का बिजय बिष्ट, ९ का दिपेन राई, ११ का साजन राई र ७ का दिनेश राईले खेलको ३५, ३९, ६० र ७० औं मिनटमा एक\एक गोल गरेका थिए। त्यस्तै बिपक्षी टिमकालागी खेलको ५५ औं मिनटमा जर्सी नम्बर १७ का दिलबहादुर मगरले सान्तवना गोल फर्काएका थिए। निर्धारित ८० मिनटको खेल अवधिभर क्षेत्रीय प्रहरी कार्यालयले बिपक्षी मर्निङ स्पोर्टिङ क्लबलाई दबाबमा राख्न सफल भएका थिए।

क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीको खेल मैदानमा आयोजना गरिएको उक्त खेलको शुभारम्भ पूर्वक्षेत्रीय प्रहरी कार्यालय रानी बिराटनगरका प्रहरी निरीक्षक श्यामल सुब्बाले म्याच रेफ्री पर्शुराम बस्नेतलाई बल हस्तान्तरण गरी गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्