सुवास खकुरेल दाईलाई खुल्लापत्र !! – सुदर्शन यादब

सुवास खकुरेल दाईलाई खुल्लापत्र !! – सुदर्शन यादब

 

सायदै भारतिय क्रिकेट समर्थकहरुले धोनीलाई दाई भन्दा हुन् तर हामी नेपाली क्रिकेटप्रेमीहरु खेलाडीलाई कसैले दाई ,कसैले भाई त कसैले केटा-केटाहरु भन्ने गर्दछौं | यो हाम्रो उनिहरुप्रति अनादर भन्दा पनि हाम्रो उनिहरुप्रति गांसिएको भावनात्मक साइनो हो ,सायदै यो कहिले मेटिएला न त कालान्तरले मेटाउने चुनौति नै दिन सक्ला | त्यहि भिडको समर्थक 'म' आज दु:खित छु | सुवास दाईले कान्तिपुरसंग दिनुभएको स्पष्टिकरणले 'सुधार' भन्दा पनि 'बचाउ' तर्फ तेर्सिएको महसुस भएको छ जसले गर्दा खेलाडीमा हुनुपर्ने जवाफदेहिता तुहिएको छ | subash

आदरणिय सुवास दाई

तपाईको खेल हेरेको पछाएको धेरै भयो | नजिकबाट या टाढाबाट,नेपाली क्रिकेटले पस्काउन सकेको खेलको नमुना थियो सुवास खकुरेल | सतक होस् या अर्धसतक,सबैमा नेपाली ब्याटिंगले चैन महसुस गर्दथ्यो | तर आज बदलिदो नेपाली क्रिकेटमा तपाईले आफुलाई अझ अघि ल्याउनुछ ,जवाफदेहिता ल्याउन जरुरि छ | त्यो आलोचनाहरुसंगै स्मरणमा आउँछन् जब तपाईलाई न्युजिल्यान्ड घुम्न लगेको हो भन्दै आलोचना भयो ,त्यस्तै अहिले पनि जहाँ तपाईलाई 'लुकामारी' जसरी योजनाहरुमा प्रस्तुत गरियो | यो तपाई आफैले मनन गर्ने कुरा हो | त्यो सहि भयो या गलत | तपाई त्य़हि रहनु ठिक थियो या बेठिक | कान्तिपुरमा दिनु भएको स्पस्टिकरणले मलाई बुझाउन सकेन | हाम्रा कप्तान-उपकप्तानले भनेका थिए,नं १ हुनेछौं,भुकम्पको चोटमा खुशी दिनेछौं | खैर,बक्तव्य एक ठाँउमा होला तर अहिले आएर भुकम्पलाई दोष दिनु उचित हुन्न | जहांसम्म कन्डिसनको कुरा छ,कप्तानले नै भनेका थिए- हामीले कन्डिसनलाई दोष दिन मिल्दैन | हामीले इतिहासकै सबभन्दा राम्रो अभ्यास पायौं | यहां कुरा बाझिन गएको छ | सुवास दाई,तपाईले थकानको कुरा उठाउनु भयो | हेर्नुस् सोमपाल कामी र सागर पुनहरुलाई ,कसैले थकान महसुस गरेको हामीले त देखेनौ | ठिक विपरित उनिहरु जोशिला देखिन्थे | टिममा स्थान बनाउन गार्हो भएको प्रसंगलाई तपाईले 'थकान'सँग साइनो लगाइदिदा मलाई नमज्जा लाग्यो | अझ कडा मेहनत गरेर म टोलीमा फर्किनेछु भन्नुु भएको भए प्रमिसिंग हुनेथियो |

सुवास दाई,तपाईले खेलाडीको विकल्प छैन भन्ने कुरा गर्नु भो | सायद यो कुरा गरिरहदा भुवन कार्की,राहुल विश्वकर्माहरुलाई विर्सनु भो | तपाईकै कुरा गर्दा पनि विकल्प महेश र राजु छन् | डोमेस्टिक प्रतियोगिताको दुहाई दिइरहदा सिधान्तको बारेमा १ वाक्यमा टुंगाएर पन्छिन खोज्नुु भो जसमा तपाईले स्पस्टिकरणमा पुन: विचार गर्नुपर्ने देख्दछु | जहांंसम्म क्यानको कुरा छ,यो संस्था यस्तै छ तर अहिले यो अवस्थामा क्यान दोषी हुनै सक्दैन भन्ने कुरा स्वयम पारस दाईको बयानले साबित गर्दछ |

नेपाली क्रिकेटप्रेमी

सुदर्शन यादब
टंकी सिनवारी ,बिराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्