“मार्क जुकर्बर्गलाई खुलापत्र !! ” – आयुश खनाल

“मार्क जुकर्बर्गलाई खुलापत्र !! ” – आयुश खनाल

 

फेसबूकका पिता मार्क

बुढीऔंलो ठड्याएर लाइकको अभिबादन तिमीलाई| हुन त मैले मेरो संस्कार अनुसार दुवै हात जोडेर अभिबादन गर्नु पर्ने हो तरै पनि तिमिबाट सिकेको कुराको सदुपयोग गरौँ भनेर हो| तिमीले जन्माएको फेसबूकको प्रयोगकर्ताको हैसियतले तिमीलाई यो पत्र लेख्दै छु|तिम्रो यो सामाजिक संजालले ठुलै परिबर्तन हरु बोकेर आयो|शहरका जस्मिन जुली हरुको त कुरै छोडौं बनपाखामा घाँस दाउरा गर्ने ठुली चमेलीहरुलाई समेत फेसबूकले मन्त्रमुग्ध पार्न थाल्यो|आँखा अस्पताल हरुमा चस्माको बिक्रि बढेको छ टेलिफोन कम्पनी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले अप्रत्यासित मुनाफा कमाइरहेछन| अझै चाखलाग्दो कुरा त मार्क कति अन्जान मान्छे हरु बीच सम्बन्ध स्थापित भएको छ त कतिले आफ्नो प्रियपात्र पनि गुमाएका छन् कतिको घरबार नै उजाडिएको छ फेसबूकले|प्रेम सम्बन्ध स्थापना हुनेदेखि लिएर डेटिंग रोमान्स सबै कुराहरु यहि भैरहेछन| तिम्रो एक डलरको निम्ति यहाँ मिनेटमा हजारौ श्लिल,अश्लिल,साँचा र झुठा एकाउन्टहरु खोलिन्छ्न्|परिचय लुकाएर अश्लिलता पस्किन चाहने हरुलाई सजिलो मध्यम बनेको छ|

पेज र झुट्टा आइडी का भित्ताभरी अश्लिल तस्बिरहरु छरपस्ट भेटिन्छन् अनि यहाँ तन्त्रमन्त्र बिनै जादु देखाउने भुँइफुट्टा धामी पनि प्रशस्त भेटिन्छन्| मेरो तस्बिरमा लाइक गर्नुस तपाइँसँग इनबक्समा च्याट गर्छु भन्ने पनि भेटिन्छन्|फोटो अपलोड गरेर कमेन्ट गर्नुस् अनि भिडियो प्ले हुन्छ भन्दै झुक्याउने पनि छन्| मार्क हुन त hi5र zerapiya जस्ता सामाजिक संजाललाई पछार्दै तिमीले फेसबुकलाई यहाँसम्म ल्यायौ यसमा तिम्रो आफ्नै मेहनत,त्याग र लगानी छ|कुनै कुराको प्रयोग र दुरुपयोग दुवै गर्न सकिन्छ|प्रयोग गर्ने या दुरुपयोग गर्ने भन्ने आफ्नो खुसीको कुरा पनि हो|यध्धपि यो अश्लिलतामाथि थोरै तिमीले अंकुश लगाइदिने हो भने यो सामाजिक संजाल अझै लोकप्रिय बन्दै जानेमा शंका छैन|

- आयुश खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्