नेपाल आज स्कटल्याण्डसँग खेल्दै

नेपाल आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौं, १३ साउन । विश्वक्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको पहिलो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाली समयअनुसार खेल दिउँसो ३ बजे स्कटल्याण्डको घरेलु मैदान आयरमा हुँदैछ ।

आइसीसीका एसोसिएट र एफिलेटेट राष्ट्रहरुको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको विश्वक्रिकेट लिगमा नेपाल पहिलो खेल जित्न सम्पूर्ण तयारीका साथ मैदानमा उत्रिन लागेको हो । टी–२० विश्वकप छनोटमा खराब प्रदर्शन गरेको नेपालका लागि विश्वकपको ढोका खोल्ने यो उत्तम मौका हो ।

नेपालले जित्ने लक्ष्यसहित मैदानमा उत्रिएपनि स्कटल्याण्डसँग उसकै घरेलु मैदानमा खेल्नु नेपालका लागि निकै चुनौती हुने छ । एकदिवसीय विश्वकप छनोटको सम्म पुग्ने ढोकाको रुपमा समेत रहेको यो प्रतियोगिता ‘होम एण्ड अवे’का आधारमा सम्पन्न हुनेछ ।

प्रतियोगितामा चारवटा एकदिवसीय मान्यताप्राप्त टोली सहभागी छन् भने बाँकी चार टोली गएको जनवरीमा नामिबियामा भएको डिभिजन–२बाट छानिएका हुन् ।

स्कटल्याण्डमा नेपालले खेल्ने २ मध्ये पहिलो खेल बुधबार हुनेछ भने दोस्रो खेल शुक्रबार हुने छ । विश्वकप छनोटमा खराब प्रदर्शन गरेको नेपालले आफ्नो टिमका खेलाडी समेत परिवर्तन गरेको छ ।

स्कटल्याण्डसँगको खेलमा नेपालबाट कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी, पृथु बाँस्कोटा, महेश क्षेत्री, सोमपाल कामी, अविनाश कर्ण, करण केसी, सिद्धान्त लोहनी, राजेश पुलामी मगर, अनिल कुमार मण्डल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेष्वाकरले खेल्दैछन् ।

कप्तान पारस खड्काले युरोपको वातावरणमा केही मात्रामा भएपनि घुलमिल भएकाले बुधबार र शुक्रबारका खेलहरु खेल्दा लय मिल्ने र जित नेपालकै पक्षमा हुने बताए । प्रतियोगितामा नेपाल र स्कटल्याण्ड दुवैले अहिलेसम्म कुनै खेल खेलेका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्