“युवा दिवस भब्यताका साथ मनाउ” – बिबेक दाहाल

“युवा दिवस भब्यताका साथ मनाउ” – बिबेक दाहाल

 

अन्तराष्ट्रिय युवा दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी अगष्ट यही अगष्ट १२ श्रावन २८ गते मनाईदै छ । सन् १९९९ देखि अगष्टको १२ तारिखलाई अन्र्तराष्ट्रिय युवा दिवसको रुपमा मनाउन थालिएको हो । राष्ट्रसंघले १५ देखि २४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई युवा बर्गमा राखेको छ । नेपालमा भने सन् २००४ देखिमात्र अन्तर्रा्ष्ट्रिय दिवस मनाउन थालिएको हो। युवाहरुको आवज राज्य सम्म पुर्याउन यो दिवस नेपालमा पनि मनाउन थालिएको हो । राज्यले पनि युवाका समस्या सुनेर त्यस्मा रहेर कार्य योजना बनाउन युवा दिवस नेपाल सरकारबाट मनाउन थलिएको हो । त्यसै अनुरुप बिराटनगरमा पनि बिगत केहि बर्ष देखी युवा दिवस मनाउने गरिएको छ । मोरङ जिल्लाका बिभिन्न युवा सस्था मिलेर मनाइदै आएको यस्तो दिवसले स्थानिय रुपमा मात्र हैन राष्ट्रिय स्थर मै राम्रो स्थान पाउन सफल हुँदै आएको छ । बिभिन्न कार्यक्रम गरेर मनाइदै आएको कार्यक्रमले केहि सकरत्मक नतिजा पनि ल्याउन सफल हुँदै आएको छ विराटनगरमा बिगतका बर्षमा वाइफाइ फ्रि जोनबाट सरकारलाई युवा नीति र सूचना नीति कार्यान्वयनको माग राख्दै इ(मेल पठाएर युवा दिवस मनाइएको थियो । ट्राफिकचोकमा युवाहरूले प्रधानमन्त्रीको कार्यालय, युवा तथा खेलकूद र सञ्चार मंत्रालय र समाज कल्याण परिषदलाई इ(मेल पठाएका थिए । मोरङ युवा सञ्जालमा आबद्ध संघ संगठनकासहित करीव चार सय युवाले इ(मेल पठाएका थिए । सो कार्यक्रमको देश भर राम्रो प्रभाव परेको थियो ।
युवा हक हितको लागि गरिने यस्त दिवसले साच्चै राज्य सम्म आफ्ना माग पुर्याउन मदत गर्छ । राष्ट्र निर्माणमा युवाको महत्व कसैले नकार्न नसकेपनी युवाहरुका समस्या समाधान गरिएका उदाहरण ज्यादै कम भेटिन्छन । युवा बर्गलाई सधै तल्लो स्तरको काममा मात्र प्रयोग गरिदै आएको छ । युवा बर्गलाई नेतृत्व तह सम्म पुग्न आझै सकेको छैन ।नेपाली युवाको झण्डै एक दशकदेखिको युवा नीतिको मागलाई सरकारले राष्ट्रिय युवा नीति, २०६६ पारित गरी पूरा गरेको छ । युवा नीति आउनु युवा वर्गका लागि खुसीको विषय हो । यद्यपि राष्ट्रिय युवा नीतिले समेटेका विषयवस्तु र यसको कार्यान्वयनको पाटो महìवपूर्ण हुनेछ । अहिले युवाका मुख्य मुद्दा भनेको पहिचान, सहभागिता र पहुँच हो । यद्यपि रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका विषय पनि युवाका मुद्दा भए पनि माथिका तीन विषयमा सम्बोधन भएको अवस्थामा मात्र युवाका अन्य मुद्दा सम्बोधन गर्न सकिन्छ । बेरोजगारीका कारण लाखौं युवा विदेश पलायन भैरहँदा वर्तमान नेपालमा यस्ता दिवस कर्मकाण्डमा सीमित भैरहेको छ । बेरोजगारीको भट्टीमा तड्पिएका युवा खाडी, भारतलगायतका देशमा निकै कम रकमका लागि भौतारिरहेका बेला राज्यले अझै पनि ती बेरोजगार युवालाई लक्षित कुनै कार्यक्रम ल्याउन सकेको छैन ।सामथ्र्य, उद्यमशील, सिर्जनशील तथा वैज्ञानिक एवं सकारात्मक सोचयुक्त समृद्ध युवा तयार गरी राष्ट्रको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनमा अर्थपूर्ण योगदान दिनसक्ने गरी राष्ट्रका युवालाई नेतृत्वदायी भूमिकामा स्थापित गराउने दीर्घकालीन सोच राज्य ले लिनु पर्छ ।

यस बर्षको युवा दिवस २०१५ को नारा “सिभिक युथ ईन्गेजमेन्ट“ ले पनि युवाहरूको सहभागीता सामाजिक , राजनीतिक सबै क्षेत्रमा आवश्यक रहेको पुष्टि गर्छ । हाम्रो वर्तमान परिवेशलाई हेर्दा युवाहरुको पहुच राजनीतिक रुपमा ज्यादै कमजोर देखिन्छ । राजनीति दलको बन्द , हड्तालमा , शक्ति प्रदर्शनीमा , चन्दा उठाउने काममा ज्यादा प्रयोगमा आएको पाईन्छ । उचित स्थानमा जागरुक युवा राजनितीमा आउने र अवसर पाउने हो भने नया भिजन र सोचका साथ देश बिकासमा ठुलो योगदान दिनसक्ने छन । तर ती युवा नेता अहिलेसम्मको राजनीतिक संस्कारमा हुर्केका हुनु भएन किनभने जुन राजनितिक संस्कार अहिले राजनीतिक दलले दिएका छन त्यसको बाटोमा हिड्ने हो भने देश निर्माणकार्य सम्भव नहुन सक्छ । आफ्नो हक हितको लागि युवा आफै आगडी सर्ने बेला आएको छ , राज्यबाट पाइएको सुबिधा र राज्य सँग आफ्नो माग राख्न युवा दिवसले महत्वपूर्ण भूमिका खेल्ने छ । बिगतका बर्ष जस्तै यो बर्ष पनि मोरङ युवा सञ्जालमा आबद्ध ४० बढी संघ संगठनहरुले युवा दिवस मनाउन लागिरखेका छन । सुचना को हक सम्न्धी युवाहरुलाई जानकारी , रक्तदान कार्यक्रम , खुल्ला कबिता बाचन , बिभिन्न समाजमा योगदान पुर्याएका युवाहरुसँग अन्तर्कृया कार्यक्रम बृहद र्‍याली निकल्ने जस्ता बिभिन्न कार्यक्रम गरेर युवा दिवस मनाइदै छ । त्यसैले मोरङ युवा सञ्जालको तर्फबाट सम्पुर्ण युवा बर्गहरुलाई युवा दिवसको दिन यस कार्यक्रममा सारिक भएर भब्यताका साथ सफल परिदिनु हुन अनुरोध गर्दछु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्