बिराटनगर साउन ३१ , आगामी मङ्सिरमा पुर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडीलाई प्रशिक्षणका लागि खेलकुद सामग्री अभाव भएको प्रशिक्षकहरुले बताएका छन । प्रतियोगिताको तयारीका बारे छलफल तथा सम्मान कार्यक्रममा बोल्दै प्रशिक्षकहरुले खेल सामग्रीको अभावले खेलाडीलाई प्रशिक्षण गर्न गार्हो भएको बताए ।