बन्दले देश बन्दैन – शंकर रोनियार

बन्दले देश बन्दैन  – शंकर रोनियार

"बन्द र हड्ताल" यी दुई शब्दको विशेष चर्चा भएरहेको पाइन्छ हिजो आज हाम्रो देश नेपालमा । जता गयो उतै बन्द र हड्ताल, जताततै आन्दोलन र बिरोध , कहिले सम्म हामी नेपाली सहेर बस्ने यो अवस्थामा ? बन्द र हड्तालको नाम मा गाडी जलाइन्छ ,पसल फोडिन्छ , र करौडौ नेपाली जनताको कमाइ ठप्प पारिन्छ । लाखौ मानिस गरिबीको रेखा मुनि भएको देश मा कहिले सम्म गरिब निमुखा को रोजि रोटि खोसेर देश बनाउदैछौ भनेर झुटो आश्वासन दिन्छौ ? आखिर कहिले सम्म हामीलाई झुक्याउछौ र देश बिगार्छौ ? बन्द र हड्ताल नरोकिए सम्म त हाम्रो देशको बिकाश हुन त परै जावोस झन झन त आर्थिक संकटको बाटो तिर हुतिदै जान्छ । भर्खरै महाबिपत साबित भएको महाभुकम्पले हजारौ मानिस हरुको जीवन लग्यो र खर्बौको धनजनको बिनाश गर्यो र पनि हामी उभिन खोज्यौ तर यो बन्द र हड्तालले फेरि हामिलाइ लडाउने प्रयास गर्दैछ ।

देश टुक्र्याउछु भन्नेलाई हामी नेपाली जनताले टुक्र्याउनु पर्छ तर हिंसा को बाटो अपनाएर हैन तिनीहरुको मनोबल ध्वस्त पारेर , बन्द हडताल गरेर मान्छे मार्छु , अशान्ति फैलाउछु भन्नेहरु देशद्रोही हुन र तिनिहरुलाइ देश-निकाला गर्नुपर्छ । जबसम्म हामी युवाहरू उठदैनौ तबसम्म देश मा बन्द हडताल भैरहन्छ , निद्रोस जनताको आँखा बाट आँसु बगिरहन्छ , देशमा रगत को खोला बगिरहन्छ , चेलीबेटीहरु बलात्कृत भैइरहन्छन , र अपराधले हाम्रो देश माथी कब्जा जमाउछ अनि नेपाल र हामी नेपाली को अस्तित्व सकिन्छ । के हामी चुप लागेर त्यही दिन को प्रतीक्षा गरिरहेका छैनौ त ? एकपटक आफ्नै मन लाई सोधेर हेरौ , के हाम्रो मातृभूमि प्रती हाम्रो केही कर्तव्य छैन र ? त्यसैले आजैदेखि नभएर अहिलेदेखि नै जागौ र बन्द हडताल जस्ता क्रियाकलाप बन्द गर्ने र गराउने बाचा सहित नयाँ सुन्दर शान्त नेपालको निर्माण गर्ने प्रण लिनुहोस । "बन्द रहित नेपाल ; नेपाली को बिकास " भन्ने नारा सहित अगि बढौ ।। "जय नेपाल".

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्