काठमाडौं
पहिलो साफ यू–१९ च्याम्पियनसिप फुटबल आजबाट काठमाडौंमा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा भुटानसँग खेल्नेछ । खेल एन्फा कम्प्लेक्स सात दोबाटोमा दिउँसो साढे ३ बजेपछि हुनेछ । युवा स्टार विमल घर्ती मगरको कप्तानीमा रहेको नेपाली टोली घरेलु मैदानमा हुने प्रतियोगिताकै उपाधि जित्ने लक्ष्यमा छ ।